दाङका सबै नाकाहरु अनिश्चितकालका लागि बन्द

news
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।
भारतसँग सिमा जोडिएको मुख्य कोइलावास नाकासहित ८३ किलोमिटर क्षेत्रमा रहेका २६ वटा नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिएका छन ।
उनका अनुसार नेपाल–भारत सिमा जोडिएका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाकालगायत साना तथा ठूला २६ नाकाहरु बन्द गरिएको छ ।
‘कोरोना भाइरसको संक्रमण पैmलन नदिन नेपाल आउने र भारत जाने दुवैतर्फका नाका बन्द गरिएको छ’,प्रमुख जिल्ला अधिकारी रिजालले भने,‘संक्रमणको अवस्था सामान्य नहुँदासम्म सिमा बन्द गरिने छ ।’
बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका २६ नाकाहरु मध्य बढि मानिसहरुको चहलपहल हुने नाका कोइलावास नाका हो । मुख्य नाकाका रुपमा रहेको कोइलावास नाकामा यसअघि हेल्थ डेक्स स्थापना गरेर दुवैतर्फ आउने जानेहरुको स्वास्थ्य परिक्षण गरिदै आइएको थियो ।
 
इमेजखबरमा समाचार छ ।