लकडाउन अवधिमा नेपाल टेलिकमले इन्टरनेटको लाइन नकाटिने, ल्यान्डलाईनमा जरिबाना नलाग्ने

नेपाल टेलिकमले लकडाउन अवधिभरका लागि इन्टरनेट र ल्यान्डलाइनका ग्राहकका लागि सहुलियत अफर ल्याएको छ।
नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चैत ११ देखि १८ कोबीचमा कुनै पनि एडीएसएल तथा एफटीटीएचका ग्राहकको बिलिङ समय पूरा भएर पैसा नतिरेकै कारण लाइन काटिने छैन। जति दिन बाँकी भएपनि समय थप गरिदने कम्पनीले प्रतिबद्धतता जनाएको छ।
यो बीचमा कुनै पनि ग्राहकको पैसा तिर्ने मिति गुज्रिएपछि पनि इन्टरनेट निरन्तर हुने छ।
त्यस्तै ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना मिनाह हुने भएको छ। यदि कोही ग्राहकको चैत १२ गते महसुल बुझाउने अन्तिम मिती भएमा १८ गतेसम्म भुक्तानी नगरेपनि जरिबाना नलाग्ने भएको छ। सेतोपाटीमा समाचार छ ।