काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
हिजो राति प्राप्त भएको कोरोना परीक्षण रिपोर्टमा थप एक जनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले थप एक जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
संक्रमण देखिएका बिरामीलाई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । संक्रमितको सबै कुरा गोप्य राखिएको छ ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो ।
चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको टेकुमै उपचार भइरहेको छ । इमेजखबरमा समाचार छ ।