पाँचथरमा वैदेशिक रोजगारीबाट फर्केका ४८ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो । अहिले हिलिहाङ गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा ३ जना र बाँकी अन्य होम क्वारेन्टाईनमै बसेका छन् ।
कतार, मलेसिया, दुवइ देशबाट फर्केकाहरुलाई क्वारेन्टाईनमा राखिएको पाँचथरका स्थानीय तहरुले जनाएका छन् ।
धेरै ब्यक्तिहरु होम क्वारेन्टाईनमै वस्न इच्छा ब्यक्त गरेको हुँदा उनीहरुलाई घरमै सुरक्षित बस्न भनिएको तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापाले बताए ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई स्थानीय तहहरुले निगरानी गरिरहेको कुम्मायक गाउँपालिकाका प्रमुख जय बहादुर चेम्जोङले जानकारी दिए । इमेजखबरमा समाचार छ ।