कोरोना कहर र यसको अर्थ राजनीतिक आकलन

निरु आचार्य नवरश्मी                   
समुन्द्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो कोरोना जसलाई covid 19 को रुपमा चिनिन्छ । चिनको वुहान प्रान्तमा प्रथम पटक यो भाइरस मानिसमा सरेको थियो भने सन 2020 jan 5 मा  चिनमा पहिलो पटक यस रोगका कारण  ब्यक्तिको मृत्यु भएको थियो । तत पश्चात् हालसम्म मृत्युको संख्याले अठार हजार भन्दा बढीको दर कायम गरिसकेको छ ।विश्वका १९४ भन्दा बढी मुलुकमा फैलिसकेको भयावह अवस्था सिर्जना भएको छ ।                       
कोरोनाको प्रभाव आज र अबका दिनमा विश्व अर्थ राजनितीमा ठुलै वहस चिन्ताको विशेषको रुपमा छ्लफलमा आउने छ । आजको विश्व अर्थराजनिती विश्वब्यापिकरणको उपज भएको र यसको प्रभावबाट ठुला ,साना,धनी ,गरिब सबै रास्ट्र प्रभाबित हुने निश्चित छ । नेपालको श्रमसक्तीले विश्व अर्थतन्त्रमा योगदान पुर्याइरहेको र विश्व बजार बाट नेपालिले पुजि ,प्रबिधी ,सीप ,वस्तु तथा सेवाको सहज आपूर्ति मार्फत आफ्नो अर्थतन्त्रलाइ चलायमान बनाइ राखेर विश्वब्यापिकरणमा जुन अन्तर आबद्धता कायम गरेको छ,त्यो सृखलामा विच्छेदन हुने संकेतहरु प्रयाप्त मात्रामा सिक्ने छ्न ।
 हाल हाम्रो मुलुकले सम्घियताको अभ्यास गरिरहेको छ । हामीसङ निर्वाचित ७६१ सरकारहरु कार्यान्वयन /सन्चालनमा रहेका छन ।
यो राजनितिक दृश्य देशमा देखा पर्ने जुनसुकै संकट /बिपद/आकास्मित घटनाहरु सङ्ग जुध्नका लागि महत्वपूर्ण संयोगका रुपमा लिन सक्नुपर्दछ ।खासगरि बिपदको स्वरुप ,त्यसको प्रभाब र त्यसबाट समाजका अति बिपन्न ,गरिब ,सिमान्तकृत ब्यक्तिहरुलाइ कोरोना प्रभाब / असरका बारेमा सरकार संबेदनसिल हुनुपर्दछ ।बिपदबाट छिटो र धेरै प्रभावित हुने ब्यक्ति ,बर्ग ,समुदायलाई राहत , उद्दार तथा पुनःस्थापनका लागि त्यस्ता ब्यक्ति ,वर्ग र समुदायको पहिचान गर्न ,अभिलेख राख्न र राहत बितरण गर्न एउटा सम्यन्त्र हुनु जरुरी देखिन्छ ।बिपद बाजा बजाएर नआउने हुदा यो जहाँ र जसरी पनि आउन सक्ने हुदा यसको ब्यबस्थापन  गर्न बिपद पुर्ब तयारीमा राज्यको राजनितिक पाटाेले नीति तथा योजना एबम कार्यक्रम तय गर्नुपर्दछ।                                       
 बिपद पश्चात देशको अर्थतन्त्रमा प्रत्यक्ष परोक्ष रुपमा नकारात्मक असर पर्ने भएकोले देशको श्रम , सीप ,पुजि , प्रबिधीको प्रयोगबाट सन्चालन हुन सक्ने कृषि ,पशुपालन ,साना तथा मझौला उध्योग लगाएतका क्षेत्रलाई प्राथमिक तामा राखी आधारभुत आवश्यकताका वस्तु तथा सेवाहरु उत्पादन गरि असहज परिस्थितिमा पनि जनजीवनलाई सहज बनाउन यथेष्ट प्रयासहरु गर्नु जरुरी देखिन्छ ।
वैदेशिक रोजगारिबाट प्रभावित श्रम सक्तीलाइ स्वदेशमै उपलब्ध श्रम शक्तिलाई स्वदेश मा रोजगारी ,स्वरोजगारी एबम उत्पादनका अन्य क्षेत्रमा आबद्ध गरेर देशलाई अत्यावश्यक पर्ने वस्तु तथा सेवाको स्वदेशी उत्पादनमार्फत आत्मनिर्भरता बढाउन तर्फ राजनितिले उचित ध्यान दिन सकेका कोरोना कहरबाट पर्ने जटिल परिस्थितिका बाबजुद पनि देशको अर्थतन्त्रलाई वान्छित दिशामा दोहोर्‍यारहन केही सहज हुने देखिन्छ ।                                        
समाजमा हुनेखाने वर्गसङ्को मौज्दातलाई सामाजिक उत्तरदायीत्वको रुपमा परिभाषित गरि उनिहरुबाट राहतको रुपमा राज्यले संकलन गरि हुदाखाने वर्गलाई पुनःवितरण गरि सामाजिक दुरि कायम गर्न सरकार उद्द्त रहनुपर्दछ ।आर्थिक स्रोत साधनको संकलन गरि त्यसलाई साबधानीपुर्बक वितरण गरि आम नागरिकको जीवनयापन लाई सहज बनाउने तर्फ राजनीति क्षेत्र एकताबद्द हुनुपर्दछ ।