तथ्यांकमा नेपालमा कोरोना भाइरस संक्रमण (अपडेट)

नेपालमा ६ जना संक्रमित भएको  तथा ५ जना आईसोलेशनमा रहेको वेबसाइटमा उल्लेख छ । त्यसैगरी  संक्रमित भएकामध्ये १ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को  संक्रमणको न्यूनिकरण तथा रोकथामको अवस्था बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक दिन नयाँ वेबसाइट सञ्चालनमा ल्याएको  छ । 

मन्त्रालयले उक्त वेबसाइटमा कोभिड–१९ सम्वन्धि पछिल्लो तथ्यांकहरु अद्यावधिक गर्ने गरेको छ ।

यसैगरी उक्त मन्त्रालयले विश्वभरीमा हालसम्म ४५ हजार ६९३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु  भएको तथा ९ लाख ३०६ जना संक्रमित  भएको  भएको उल्लेख गरेको छ भने २ लाख  १२ हजार ९९१ जना निको भएर घर फर्किएको उल्लेख  गरेको छ ।

यसैवीच मन्त्रालयमा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले शुक्रवारमात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार २७७ जनाको नमूना परिक्षण गरिएको बताएका छन् । दैनिक रुपमा परिक्षणका लागि १०० भन्दा बढी नमूनाहरु आउने गरेको पनि उनले बताए ।