सचिन बोहोरा
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा उद्याेग वाणिज्य संघले शितगंगा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।
शितगंगा नगरपालिकाको विपद् व्वयस्थापन कोष “राहत सामग्री खरीद तथा वितरण समितिमा” नगर प्रमुख सुर्य प्रसाद अधिकारीलाई रु.५१०००/- (एकाउन्न हजार) को चेक हस्तान्तरण गरेको हो ।