बारा प्रहरीले प्रतिबन्धको उल्लंघन गर्दै भारतबाट नेपाल प्रवेश गर्नेहरु नरोकिएपछि सीमानाकामा कडाइ गर्न थालेको छ ।
‘लकडाउन’को अटेर गरी मटिअर्वालगायतका नाकाबाट आवत–जावत नरोकिएपछि १४ सय प्रहरी थप गरी नाकामा कडाइ गरिएको हो ।
भारतसँग जोडिएको ६० किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सातओटा ‘बोर्डर आउटपोस्ट’मा थप प्रहरी जनशक्ति खटाइ सुरक्षा सतर्कता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जिल्लाभर थप १४ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनले भारतसँगको खुला सिमानाका कारण चुनौती थपिएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७००/७०० सुरक्षाकर्मी परिचालन गरिएको बताए । इमेजखबरमा समाचार छ ।