जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या मंगलवार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।
इटालीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३२ हजार ५४७ जना रहेका छन् । स्पेनमा १३ हजार ३४१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३६ हजार ६७५ रहेको छ ।
त्यसैगरी संयुक्त राज्य अमेरिकामा १० हजार ९४३ जनाको मृत्यु भएको छ भने ३ लाख ६७ हजार ६५० जना संक्रमित भएका छन् । त्यसैगरी फ्रान्समा ८ हजार ९११ जनाको मृत्यु भएको छ भने ९८ हजार १० जना संक्रमित भएका छन् ।
यस्तै बेलायतमा ५ हजार ३७३ जनाको मृत्यु भएको छ भने ५१ हजार ६०८ जना संक्रमित छन् । इरानमा ३ हजार ७३९ जनाको मृत्यु भएको छ भने ६० हजार ५०० जना संक्रमित छन् । त्सस्तै चीनमा हालसम्म ३ हजार ३३१ जनाको मृत्यु भएको छ भने ८१ हजार ७४० जना संक्रमित छन् ।
नेदरल्यान्ड्समा १ हजार ८६७ जनाको मृत्यु भएको छ भने १८ हजार ८०३ जना संक्रमित छन् । जर्मनीमा १ हजार ८१० जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ३७५ जना संक्रमित छन् ।
यस्तै बेल्जियममा १ हजार ६३२ जनाको मृत्यु भएको छ भने २० हजार ८१४ जना संक्रमित छन् । यसैगरी स्विट्जरल्यान्डमा ७६९ जनाको मृत्यु भएको छ भने २१ हजार ७१२ जना संक्रमित छन् ।
टर्कीमा ६४९ जनाको मृत्यु भएको छ भने ३० हजार २१७ जना संक्रमित छन् । ब्राजिलमा ५६६ जनाको मृत्यु भएको छ भने १२ हजार २३२ जना संक्रमित छन् ।त्यसैगरी स्विडेनमा ४७७ जनाको मृत्यु भएको छ, ७ हजार २०६ जना संक्रमित रहेका छन् ।
क्यानाडामा भने ३२३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६७ जना संक्रमित छन् । त्यसैगरी पोर्चुगलमा ३११ जनाको मृत्यु भएको छ भने ११ हजार ७३० जना संक्रमित रहेका छन् ।यसैगरी अष्ट्रियामा २२० जनाको मृत्यु भएको छ भने १२ हजार ३८६ जना संक्रमित रहेका छन् । इन्डोनेशियामा २०९ जनाको मृत्यु भएको छ भने २ हजार ४९१ जना संक्रमित छन् ।
त्यस्तै दक्षिण कोरियामा १९२ जनाको मृत्यु भएको छ भने १० हजार ३३१ जना संक्रमित छन् । इक्वेडरमा १९१ जनाको मृत्यु भएको छ भने ३ हजार ७४७ जना संक्रमित रहेका छन् । डेनमार्कमा १८७ जनाको मृत्यु भएको छ भने ४ हजार ६८१ जना संक्रमित रहेका छन् । त्यस्तै रोमानियामा १७६ जनाको मृत्यु भएको छ भने ४ हजार ५७ जना संक्रमित छन् ।
आयरल्यान्डमा १७४ जनाको मृत्यु भएको छ भने ५ हजार ३६४ जना संक्रमित छन् । अल्जेरियामा १७३ जनाको मृत्यु भएको छ भने १ हजार ४२३ जना संक्रमित छन् । त्यस्तै भारतमा ११४ जनाको मृत्यु भएको छ भने ४ हजार ८५८ संक्रमित रहेका छन् ।यस्तै जापानमा ९२ जनाको मृत्यु भएको छ भने ३ हजार ९०६ जना संक्रमित अवस्थामा रहेका छन् । रासस/ एपी/ एएफपी