निरु आचार्य “नवरश्मी ”
हरेक दिनजसो विभिन्न स्थानमा ममतामयी आमाहरुको कथा देख्न ,सुन्न र पढ्न पाइन्छ ।विभिन्न साहित्यिक कार्यक्रममा होस या सभा समारोहमा होस् आमा सम्बन्धि प्रस्तुतिहरु प्रस्तुत गर्दा हरेक ब्यक्तीहरुको आखा रसाइरहेको देखिन्छ तर अझैपनि हाम्रो समाजमा बाबाहरुको पिडा ,योगदान तथा सम्घर्सको बयान कमै मात्रामा भएको पाइन्छ ।
छोराछोरी जन्मिएपछी सानोमा आमाको काखमा पैठेजोरि खेल्दै हुर्किएका हुन्छन् ।बढदो उमेर संगै बुवाले छोराछोरीलाई आफ्नो काधमा बोकेर भविस्यलाई आवश्यक पर्ने जिम्मेवारी महसुस गरिरहेका हुन्छन् ।आफू भोको पेटमै भएपनि आफुसङग आशृत परिवारलाई खुवाउनुपर्ने बाध्यता बुबामै रहेको हुन्छ ।सामाजिक प्रतिष्ठालाइ कायम गर्दै आफ्नो परिवारको जिम्मेवारी पूरा गर्नु आकाश थाम्नु भन्दा कम हुदैन । सासू र बुहारीमा देखिने गलत सम्बन्धको व्यबहार ब्यस्थापन आफैमा अति जटिल बन्दछ । आमाले खाना पकाउने बेलामा केही कुराको अभाव भएर बच्चाबच्चीहरुले दुख दिदा “तेरा बा ले कमाएर ल्याए पो दिनु”भन्ने खालका सब्द सुन्दा ती बाबुका नदेखिने आशुहरु कति बग्छ्न अड्कल गर्न सकिँदैन ।
हाम्रो पुरुषप्रधान समाज दुख र पिडा मा पनि छोरा मान्छेले आँसु खसाल्नु हुँदैन भन्ने मान्यताले आखामा आएका कति धेरै आशु पसिनामार्फत बाहिर ल्याउनु पर्ने बाध्याता देखिन्छ ।पछिल्लो समय विहेवारी गरेपछी परिवार धान्नको लागि विदेश जानुपर्ने बाध्यता बढदो क्रममा छ । त्यस्पछी श्रीमति हरु बुबा आमासङग मिल्न नसकेर वा छोराछोरी पढाउने बाहनमा सहर पसेका हुन्छन् ।उता ५० दिग्रीको तापक्रममा हातमा ठेला उठेर रगत नै बग्नेगरि भएका काम गर्दा यता श्रीमतिहरु विभिन्न थरीका कृम र नेलपोलिस लगाइ आकर्षक अनुहार सङगै हातहरु फेसबुकमा प्रस्टाइरहेका हुन्छ्न र चाडबाड आउदा समेत गाउँघर जान दुख मान्दछ्न । कुनै कुनै पुरुषहरु त आफुले खाडिमा कमाएको सब्बै धन श्रीमति लाई पठाउने अनि छोराछोरीको शिक्षादिक्षामा पालनपोषणमा भनी समर्पित गरेका हुन्छन् तर केही बर्ष बिदेशको बसाई पछि नेपाल /घर फर्किदा नत श्रीमति नत धनसम्पती भएका उदाहरणहरु बजारमा छरपस्ट देख्न र सुन्न पाइन्छ ।
म एक महिला भएपनी पुरुषहरुको वास्तविकता नियाल्दा मेरो मन पनि कहिकतै अमिलो हुन्छ । देख्नेगरी महिलाहरुका पिडा छर्लङ्ग भएपनी नदेखिने ती पुरुषहरुका पिडाहरु अनुभुती गर्नुपर्ने बेला आएको छ ।पहिले नारिहरु अत्यधिक बच्चा जन्माउनुपर्ने ,घरभित्रका सम्पुर्ण कामहरु गर्नुपर्ने विषम परिस्थिति रहेता पनि अहिलेको परिवर्तित समाजमा महिलाले पहिलेका हजुर आमा ,आमा हरुले जस्तो नत घराएसी काम नै गर्नपर्छ नत धेरै सन्तान नै जन्माउनुपर्छ तर पनि बच्चाको रेखदेख गर्न गाह्रो हुन्छ कि भनेर श्रीमान हरुले नै सम्पुर्ण आर्थिक पक्षको जिम्मेवारी लिदै घराएसी कामपनि गर्नुपर्ने बाध्यता कहिकतै अझैपनि देख्न पाइन्छ ।महिलाहरु शिक्षित भएपनी बिना उध्यम समय कटाउने ,बिज्ञान प्रबिधी को जमानामा समय अनुसार को फेसन गर्नुसट्टा बजारको मागअनुसार भन्दै महङगा महङ्गा कपडाहरु ,गरगहनाहरु र मोबाइल प्रयोग गर्ने गरेको पाइन्छ ।
हाम्रो समाजमा महिलाहरुका विभिन्न ब्यतित्वहरुले गालामा परेका चाउरीहरु देख्दा पुरुषहरुका ति चरचर परेर फुटेका पैतलाहरु ओझेलमा पारेका छन् । छोराछोरी बिरामी हुदा आमाको काखमा मात्रै छोडेर जान अप्ठ्यारो मान्ने ति बाबाहरु आफ्नो जागीर नै धरापमा राखी घर बसेर हेर विचार गरेको देख्दैन यो समाज???? महिलाहरुलाइ अधिकार दिदा दिदा आफु नै पीडित बनेका धेरै बाबाहरु हाम्रै समाजमा जलन्त रुपमा देख्न पाइन्छ र सुन्न पनि पाइन्छ ।महिलाको पक्षमा बलियो हाम्रो कानुन कति पुरुषहरु पत्नी पीडित भएर न्याय नपाउदा आफुहरु भित्र भित्रै पिडा थमाएर बसेको कतै कतै देख्न पाइन्छ ताकी इज्जत जान्छ कि भनेर ,समाजमा तोरीलाउरे भन्न्ने उपादी पाइन्छ कि भनेर ..!!!
दिनरात नभनी सामाजिक उत्तरदायित्वहरुलाइ बहन गर्दै ,मान प्रतिस्ठा कायम गर्दै आर्थिक लगाएत सम्पुर्ण जिम्मेवारी वहन गर्नु एक पुरुषको कर्तव्य र जिम्मेवारी मान्दै आएको पाईन्छ ।