बुटवल । प्रदेश ५ , सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्कहरुलाई कारवाही प्रकृया शुरु गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरिएको छ । विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले जनाएका छन ।
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, आकस्मीक विभागमा कार्यरत डा प्रकृती कार्कीलाई सेवाबाट हटाईएको मेसु डा खनालले जनाएका छन । उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा उनुपस्थित थिए ।
हटाईएका चिकित्सकहरु करारमा नियुक्त भएका चिकित्सकहरु हुन । सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको बताए । मन्त्री बरालले सुत्केरी विदा, काज क्रिया विदा र विरामी विदा वाहेकका विदा स्वीकृत नगर्न र विना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक कर्मचारीहरुलाई हटाउन निर्देशन दिएका हुन ।
मन्त्री बरालले प्रादेशिक अस्पतालबाट कारवाही प्रकृया शुरु भएको जानकारी दिदै कोरोना भाइरसको संकटको वेलामा सेवामा हाजिर नहुने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई कारवाही गरिने बताए । सेतोपाटीमा समाचार छ ।