अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा अहिलेसम्म ६३ परिवारलाई २० किलोको दरले राहत वितरण गरेको छ ।
मालारानी गाउँपालिकामा अहिलेसम्म १० जना क्वारेन्टाइनमा रहेका छन् ।
साथै अहिलेसम्म ३१९ जनाको श्वास प्रस्वास सम्वन्धी (एआरआई) स्वास्थ्य जाँच भएको छ ।
यस्तै मालारानी गाउँपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या २८३ पुगेको छ ।
क्वारेन्टाइनमा अहिलेसम्म १४४ बेडको क्षमता रहेको छ ।