मुलुकभर पछिल्लो २४ घन्टामा ६३० व्यक्तिमा गरिएको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’

स्वास्थ्य तथा जनसंख्या ‘आरडीटी’ प्रविधिबाट हालसम्म परीक्षण गरिएकामध्ये कोही व्यक्तिमा पनि कोरोना संक्रमण नदेखिएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको प्रेस ब्रिफिङमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली, कञ्चनपुर, कपिलवस्तु र बागलुङमा हालसम्म गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको बताएका हुन् ।
जसमा कैलालीमा ३३९, कञ्चनपुरमा ३७ , कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको हो ।
यस्तै, पछिल्लो २४ घन्टामा परीक्षण गरिएको ६३० जनाको नतिजासमेत नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।
यस्तै, डडेलधुरामा १९९, बैतडीमा ४२५ र कर्णालीमा ७५ जनाको नमुना अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिए ।
शुक्रबार कोशी अञ्चल अस्पतालबाट समेत परीक्षण सुरु गरिएको भन्दै अब काठमाडौंसहित देशका ११ स्थानबाट परीक्षण भइरहेको जानकारी उनले दिए ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक नकाट्ने भन्दै डा. देवकोटाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।
उनले सेवाबाट वाहिर रहेका र निवृत्त भएकाहरुलाई पनि उपचारमा आउन आग्रह गरेको र छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई उपचारमा खटाउन पत्रचार गर्ने तयारी भइरहेको जानकारी दिए ।
यस्तै, हालसम्म तीन हजार ५२४ जनाको स्वास्थ्य परीक्षण भइसकेको र देशभर ११५ जना ‘आइसोलेसन’मा रहेको पनि मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।