शितगंगा नगरपालिकाका सबै वार्डहरुमा राहत वितरण शुरु (फोटो फिचर)

अराज बेल्बासे
ठाडा, अर्घाखाँची, २९ चैत । अर्घाखाँचीकाे शितगंगा नगरपालिकामा राहत वितरण शुरु भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन गरेकोे लकडाउनको समयमा दौनिक ज्यालादारी गरि खानेहरु तथा अति विपन्नहरुलाई नगरपालिकाले राहत बितरण सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।
राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टीका रेस्मी नगर पालिका प्रमुख सुर्य प्रसाद अधिकारी वडाअध्यक्ष हरुको समुहले आज वडा नम्बर २,३,४ र १३ मा राहत बितरण गरेको हो ।
राहत बितरण कार्यक्रममा नेपाली सेना तथा नेपाल प्रहरीले व्यवस्थापनको भुमिका खेलेका छन । भिडभाड कम गर्ने तथा राहत बितरण भिड रहित बनाउन सेना तथा प्रहरी परिचालित भएका हुन । शितगंगा नगरपालिका वडा नम्बर २ बाट सुरु गरिएको राहत बितरणमा वडा नम्बर २ मा अति बिपन्न तथा दौनिक ज्यालादारी गरिखाने ८१ जनालाइ राहत बितरण गरिएको वडा अध्यक्ष गोवद्धन थापाले बताए ।
यस्तै नगरपालिकाका उपप्रमुख तथा राहत सामाग्री खरिद,बितरण तथा अनुगमन समिती संयोजक टिका रेस्मीले सरकारदे तोकेको मापडण्ड अनुसार राहत बितरण गर्ने लागेको बताए ।
समस्या सबैमा भए पनि यो विपतमा लकडाउन बाट प्रभावित लोनिक ज्याला मजदुरी गरिखाने बिपन्नहरु १२ सय बढी परिवारलाइ राहत बितरण गरिने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिए ।
नगरपालिकाको वडा नम्बर २,३ , ४ र १३ मा मा राहत बितरण गरिएको हो । यस्तै भोली आइतबार ५,६,८ र ९ नम्बर वडामा राहत बितरण गरिने छ ।
बाकिँ रहेका वडा हरुमा समेत २ गते सम्ममा राहत बितरण गरि सकिने प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिए ।
यस्तै वडा नम्बर १ र ७ को भने एकिन बिबरण आउन नसक्दा राहत बितरणमा ढिलाए भएको छ ति वडामा समेत छिटै बितरण हुने गौतमले जानकारी दिए ।
वडा नम्बर २ मा ८१ , वडा नम्बर ३ मा ५२ वडा नम्बर ४ मा २१५ र वडा नम्बर १३ मा १४७ घर परिवारलाइ राहत बितरण गरिएको छ । राहत तोकिएको मापडण्ड अनुसार प्रति परिवार २५ केजि चामल, ३ केजी दाल २ प्याकेट नुन, २ लिटर तेल वितरण गरिएको छ ।

अन्य समाचारहरु