शितगंगाको सिमलपानीमा सृजनशिल युवा क्लबद्वारा जनचेतना फैलाउँदै

 
गणेश बेल्बासे संगम
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १४ सिमलपानी स्थित सृजनशिल युवा क्लब बिक्रमसोताले कोभिड-१९ ले निम्ताएको लगडाउनको यस परिस्थितिमा जनचेतना फैलाई सामाजिक क्षेत्रमा अग्रणिय भूमिका खेल्दै आएको छ ।
वडा कार्यालयसंग सहकार्य गर्दै क्लबमा आबद्ध सदस्यहरूले लगडाउनको सुरुवातीमा ५/६ दिन सम्म वडाका नाकाहरुमा गस्ती बसे । त्यस्तै वडाका प्रत्येक टोलटोलमा सचेतना गराउदैं माइकिङ समेत गर्दै आएको छ । वडा तथा सामुदायिक वनले संचालन गर्ने कार्यक्रमहरुमा सरिक हुदैं सहजिकरणको भूमिका निर्वाह गर्दै आएको छ । हिजो शनिबार वडा नं. १४ का गाँउ टोलहरूमा जनचेतना जगाउँदै १ सय ५५ घरलाई १/१ पोका नुन र ९ सय मास्क हस्तान्तरण गरेका छन ।
वडा भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि सानो सहयोगको साथ जनचेतना जगाउँदै राहात स्वरुप सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष हिमालय रेश्मीले बताए । लाडाउनको अवस्थामा पसलमा जान नपाएका परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन गरेको नियम पालन गरी हस्तान्तरण गरेकाे क्लबका संयोजक योगराज पल्लीले रातोप्रेस डटकमलाई जानकारी गराए ।

अन्य समाचारहरु