छत्रदेव गाउँपालिकाद्धारा राहत बितरण गर्न वार्डका स्थानीय ब्यापारीसँग सम्झौता गर्दै

 

सुर्य प्रसाद भुसाल  –

छत्रदेव,  अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकाले छत्रदेव भित्र रहेका अति बिपन्न परिवारका लागि राहात बितरण गर्न सम्बन्धित वार्डका स्थानीय ब्यापारि सग सम्झौता गरेको प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले जानकारी दिनु भयो । 

गाउपालिका भित्र रहेका अाठ वार्ड मा १ हजारको सख्यामा राहत बितरण गर्ने गरि वार्ड न २ वार्ड न ४ वार्ड न ५ वार्ड न ६ वार्ड न ७ वार्ड न  ८ का ६३७ परिवारलाई राहात बितरण गर्न सम्बन्धि वार्डका ब्यापारीहरु लाई प्रतिस्पर्धा गराई राहात बितरण गर्न लागिएको गाउपालिका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द  भुसालले बताउनु भयो ।अन्य वार्ड न १ र ३ पनि राहात बितरणका लागि स्थानिय ब्यापारि सग रेट माग गरिएको र छिट्टै सम्झौता गरिने उहाको भनाई छ ।
गाउपालिका भित्रका स्थानिय ब्यापारिहरुलाई प्रोत्साहित गर्नका लागि स्थानिय ब्यापारी सग राहातका लागि सामान किन्न सम्बन्धित वार्डकै ब्यापारी सग सम्झौता गर्न कर्मचारीलाई निर्देसन  गरिएको गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो । गाउपालिकाका सबै वार्डमा राहत बितरण गर्न गाउपालिकाले मापदण्ड तयार गरेको छ । सोहि मापदण्ड अनुसार राहात बितरण गरिने छ ।

अन्य समाचारहरु