पाणिनीमा भैरहवाबाट ७ जना आए, सबैलाई पाणिनी पर्यटन समाजले करेन्टाईनमा पुरायो
April 14, 2020
डिआरजी सुमन
मैदान । पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान वर्थान मसिना क्षेत्रहुदै लकडाउनको समयमा भैरहवावाट आउँदै गरेका सात जना स्थानीयलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीले करेन्टाईनमा पुराएको छ ।
पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान वर्थान मसिना क्षेत्रहुदै लकडाउनको समयमा भैरहवावाट आफ्नै गाँउ पाणिनी ४ पटौटी आउदै गरेका सात जना स्थानीयलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम र उपादक्ष्य धुर्व घिमिरे,पत्रकार डिआरजी सुमनले मसिनामा हिडिरहेको भेटेपछी स्थानीय निकाय, पत्रकार र प्रहरीको निगरानीमा करेन्टाईनमा राखिएको छ ।
हामी भैरहवामा व्यावसायिक कार्य गरि रहेका थियौ सिमा क्षेत्रमा कोरोना संक्रमण वढेपछि हामीलाई डर लागेर हामी गाँउमा आएका छौ स्थानीय निकायको निगरानीमा तोकिएको समय सम्म करेन्टाईनमा वस्न तयार छौ कृष्ण वेल्वासेले वताउनु भयो ।