अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर -२ सितापुरमा १७ जना कामदारहरु अलपत्र परेका छन् ।
पाल्पा जिल्लाको रिडीदेखि पैदल गरी आएका १७ जना कामदारहरु सितापुरमा अलपत्र परेका हुन् । १७ जना मध्ये ५ जना महिला छन् ।
१७ जना कामदारहरु सितापुरमा मंगलवार साँझ ८ बजे पैदल गरी आएका थिए । उनिहरुलाई बस्न र खानको समस्या त छदैछ त्यो माथि अगाडि जाने निश्चित छैन् । उनिहरुको यात्रा बाँके जिल्लाको कोहलपुर जाने छ ।
पाल्पा जिल्लाको रिडिमा झाेलङ्गे पुल बनाउने काममा लागेकाेमा ठेकेदारले बाटाे खर्च समेत नदिएपछि बिना पैसा बाटाे लागेका उनिहरुले बताएका छन् । पाल्पा जिल्लाको रिडीमा काम गराउने बिजय नाम गरेको ठेकदारले महिनाभर काम गरेको जम्मा १ हजार रुपैयाका दरले दिएको सबैको पैसा अहिले सिद्दिएको र कोहलपुर फर्कन पैसा माग्दा पनि पैसा नदिएको कामदार तुल्सिराम थारुले अर्घाखाँचीडट्कमलाई बताए ।
उनिहरुलाई अहिले सितापुरका एक समाजसेवी राजेन्द्र केसीको पहलमा ८ किलो चिउरा, १७ प्याकेट चाउचाउ, २ बोटल कोक सहित सुत्नको व्यवस्था गरिएको छ ।
उता यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले लकडाउनका बेला अन्य जिल्लाबाट पास लिएर आउनेलाई समेत अबदेखि अर्घाखाँची जिल्ला प्रवेशमा अनुमती नदिने बताएको थियो ।