अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले माध्यमिक तहसम्मका विधार्थीहरुलाई चैत्र महिनाको शुल्क मिनाहा गर्ने भएको छ ।
२०७६ सालको एक महिनाको आवास बाहेकको शुल्क मिनाहा गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसियसन (एन प्याब्सन) लाई सन्धिखर्क नगरपालिकाले पत्रचार गरेको हो ।
कोरोना भाईरसका कारण लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको भन्दै चैत्र महिनाको शुल्क मिनाहा गर्न लगाएको हो ।
सन्धिखर्क नगरपालिकाले यसअघि चैत्र २० गते विहीवार गरिब तथा विपन्न परिवारलाई चैत्र महिनाको घरभाडा मिनाहा गर्नुका साथै घरधनीहरुलाई घरभाडा नतिरेको भन्दै घरबाट निकाल्न नपाईने नियम लगाएको थियो ।
उता नगरपालिकाले लकडाउनका कारण काम गर्न नपाएका वा व्यवसाय गर्न नपाएका व्यक्ति र कम्पनीहरुलाई बैंकमा तिर्न पर्ने ऋणको बारेमा भने केही बताएको छैन् ।