कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संसारभर संक्रमितको संख्या २० लाख २ सय कटेको हो ।
कोभिड–१९ बाट संक्रमित भई मृत्यु हुनेको संख्या भने एक लाख २७ हजारनजिक पुगेको छ । ४ लाख ८४ हजार भने उपचारपछि निको भई घर फर्किएका छन् ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा ६ लाख १४ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा २६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या २ लाख नाघेको छ ।
इपिसेन्टर मानिएको न्यूयोर्कमा मंगलबार मात्र थप ७७८ जनाको मृत्यु भएको हो । अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो । त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ ।
बेलायतमा १२ हजार १ सयभन्दा बढीको मृत्यु हुँदा करिब ९४ हजार संक्रमित भएका छन् ।
स्पेनमा १८ हजार २५५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
यसैगरी इरानमा ४६८३, बेल्जियममा ४१५७, जर्मनीमा ३४९५, चीनमा ३३४२, नेदरल्याड्समा २९४५, ब्राजिलमा १५५२, स्वीडेनमा १०३३ जनाको मृत्यु भएको छ ।
– एजेन्सी