– पपुलर बेल्बासे
भुमिकास्थान नगरपालिका, असुरकोट
हाल डेनमार्क
परिकल्पना सुन्दर बिहानीको जुन बिहानले नया बर्ष लाइ स्वागत गर्न आतुर थियो । त्यो बिहान हो आज , नया बर्षको उमंगले चारै तिर खुसि एबम हर्सोल्लश ल्याउथ्यो होला कास यो नया बर्ष बिक्रम सम्बत २०७७ बिगत का बर्षहरु जस्तो भयको भय ।हुन त समय कहा सधै एउटै हुदो रहेछ र? सायद यो नै होला हामी नेपाली लाइ पछिल्लो सताब्दीको एकदमै डर ,त्रास र चिच्चावट मा जिउदै नया दिन र नया बर्ष लाइ अभिनन्दन गरेको ।कस्तो उस्तै लाग्छ जब सम्झन्छु म हिजोका ति दिनहरुलाई । यो विश्व समुदाय आफ्नो दैनिकी र गुजाराको लागि भाग्दै गर्दा पनि कति खुसि थियो र बिल्कुलै दुखित देखिने थियन किनकि जति सुकै व्यस्तताका बाबजुत पनि सुख दुख साटासाट गर्दै अनबरत रुपमा आगाडी बढिरहेको थियो । आज हेर्छु कस्तो उजाड लाग्दो नया बर्ष को सुरुवात तैपनि हामी स्वागत गर्नुको विकल्प छैन ।
मिर्मिरे बिहान संगै जब सुर्यको पहिलो किरण जब मेरो घरको झ्याल मा पर्यो र ति मधुर किरण संगै बुझियरा घडी हेरे सुनौलो बिहानीले धपक्कै छोपेछ । बिस्तारा बाट उठेर बाहिरको सेरोफेरो हेरे तर उस्तै देखे केवल देखिनत मानिस हरुको चहलपहल एक महिना अगाडी जस्तो अनि मलाई पुराना दिनहरुको न्यास्रो लागेर आयो । एकछिन हराएछु तर झस्किएछु र बर्तमान समय मा फर्किय अनि सोचे यो त कोरोनाले ग्रषित समय पो हो भनेर आफै सम्हालीए । यी यावत कुरा हरु मन मा खेलाउदै विश्व मान चित्रमा मानिस भन्ने प्राणि यसरि थालियको जस्तो लग्यो कि मानिस यो रोग ले होइन आफै मानसिक तनाब ले गर्दा नै सकिन्छ कि भन्ने पिर पनि लागेको छ ।मान्छे ले मान्छे लाइ देख्दा , भेट्दा र बोल्दा डर र त्रास यसरि पैदा भैरहेको छ कि बोल्यो कि सर्यो र के थाहा मा त सन्चै छु तेस्लाई के भन्ने चिन्ता ले मानिस ले मानसिक सन्तुलन गुमाउदै छ कि भन्ने पनि बहस नउठला भन्न सक्ने अबस्था छैन ।
बिगत कोट्टाउदा यी र येस्तै किसिम का रोग ब्याधिहरु न आयका पनि होइनन तर आज मानब प्राणि जो आफुलाई संसार कै सर्बश्रेस्ठ मान्छ तर पनि त्यो प्राणि कायरता को भुमरीमा फसेको छ ।आम मानिस हरु यो बुझ्न जरुरि छ कि कोरोना भाइरस (कोभिड १९) एक रोग हो र यसको रोगथाम हामी मनिस ले नै गर्न सक्छौ तर आज कता कता हामी त्यो पनि भुलेका छौ कि भन्ने लाग्न थालेको छ । सम्बभत: यो बिपत्ति प्रकृतिले आफ्नो पारिस्थितिक प्राणाली लाइ समतल बनाउन विभिन्न कुरा हरु सृजना गरेको हुन्छ र कहिले कह्नी ति कार्यहरु हामी पृथिबी मा रहेका प्राणी हरुलाई अफ़्ट्यारा वा समस्या भयर खडा हुने गर्छन । संसार कोरोनाले थालियको छ आजका मिति सम्म करिब एक लाख भन्दा बढि ले आफ्नो प्राण त्याग गरेका छन यो अत्यन्तै दुखद र भाबबिह्लल छ हामि सबै मा तर पनि हामि जुधिरहेका छौ अनबरत रुपमा संगर्ष गरिरहेका छौ यो संघर्ष जसले जित्न सक्यो त्यो बच्यो सकेन भने त्यो गयो यहा हार र जित भन्दा पनि जिबन र मृत्यु बिचको लडाई चलिरहेको छ ।
मलाइ अचम्म त त्यहा लाग्छ जब आफ्नै समाज ले धैर्यता गुमाउछ र कल्पित दोष र आरोप थुपार्दै जान्छ जसले कसैको पनि केहि बिगारेको हुदैन ।कतिबेला काँही मलाइ अनुभूत हुन्छा कि कतै हामि यो रोगलाई बिल्कुलै फरक किसिम ले हेरेका छौ कि यो रोग लग्यो भने मरिहालिन्छ सबै सिद्धिन्छ क्षण भर मै किनभने बिगत केहि दिनहरु बाट मा अभ्यास्त भैरहेका छौ । जस्तै उदाहरण को लागि परिस्थितिले मान्छेलाइ कहा बाट कहाँ पुराउछ कसैलाई थाहा हुदैन ।आफ्नो परिवारको दैनिकी गुजारा चलाउन लाई धेरै जसो दाजुभाइ हरु बिदेशिनु परेको तितो एथार्थ हामी सबै लाई जगजायर नै छ । बसाइको अनुमति सकिएपछी अबस्य पनि आफ्नो घर फर्कन्छ फर्कदै गर्दा उ आफुलाई निरोगी महसुस गर्छ र आफ्नो घर परिवार लाइ भेट्न आतुर हुदै घर जान्छ।हो बिदेश बाट फर्कदा आफुलाइ आफै साबधान त गर्नुपर्छ नै तर कुनै कारण बिना एक स्वस्थ मान्छे निस्चित रुपमा पहिले परिवार नै भेट्न जान्छ । जब घर पुग्छ अनि समाज भन्छ यसलाई कोरोना लागेर आयको हो भनेर अफ़वाह फ़ैलाउछ र उक्त व्यक्ति त्यहि समाजको लागि डर त घृणित हुन्छ । समाजले जन्माएको मानशिक रोगले थलियको एउटा परिवार लाइ समाजले अहिले देखायको ब्यव्हार ले पछि टोल, छिमेक,समुदाय मा कसिएर जोडियको बन्धुत्व ,भाइचारा र सहिष्णुता बिलाप हुदै जाने हो कि भन्ने प्रश्न पनि उठ्न सक्छ।
बास्तममै यो भयानक छ जब हामि लापरबाही गर्छौ आफुले धैर्यता गुमाउछौ र परिस्थिति बिग्रिदै जान्छ । तर हामि अलिक फरक तरिकाले सोचौ त त्यो मनिस हिजो यो राज्य लाइ कर तिर्थ्यो हाम्रो समाज मा परिबर्तन ल्याउन हात मा हात साथ मा साथ दिन्थ्यो समाजका बिकृति र विसंगति बिरुद्ध आवाज उठाउथ्यो हो त्यहि ब्याक्ति हो आज कुनै रोग लाग्दा उसको सम्पूर्ण त्याग र बलिदान सकियो आफ्नै देश समाज बाट यो कदापि न्यायसंगत होइन त्यसैले हामि आफुले सकारात्मक सोच र परिस्थिति लाइ परिबर्तन गर्न सक्ने सम्भाबनाको किरण हरुलाई छर्दै गयौ भने अबस्य पनि हामि यो बिकराल परिस्थिति लाइ चिर्न सक्छौ । हाम्रो समाजमा ब्याप्त बैराग्य पन र घृणित स्वाभाब जो छि छि र धुर धुर को सट्टा मनोबल ब्रिधि तथा सकारात्मक आशा का ज्योतिहरुबाढ्न सक्यौ भने त्यो पिडित ब्याक्ति अबस्य बिजेता हुनेछ ।
यो एउटा अवसर पनि हो कि हाम्रो मानसिक असन्तुलन ले ग्रषित समाज लाइ एकिकृत गरेर यो विषम परिस्थिति लाइ चिर्दै पुन मानब जगत लाइ बिजय प्राप्त गराउदै पुराना दिनहरु अबस्य फर्कने छन र हामि सबैको भोलिको बिहान सुन्दर हुनेछ र यो नया बर्ष ले हामी सबैलाई यो रोग संग लड्न सक्ने शक्ति प्रदान गर्नेछ भन्दै नया बर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना र हामि नेपाली संगै संसारका सम्पूर्ण ब्याक्तिहरुले कोभिड १९ लाइ परास्त गर्न सकुन । अन्तत ” बारम्बार हात धॉऔ घरमा बसौ ” ।