-भुवन के. सी.
अर्घाखाँची हाल माल्दिभ्स
अप्रत्याशित रुपमा मानव समुदायलाई नै चुनौती बनेको कोभिड-१९ ले नेपाल सरकारलाई पनि मुलुक भित्र र बाहिर रहेका नेपालीहरुलाई ब्यवस्थापन गर्न हम्मे हम्मे पर्न गएको देखिन आएकोछ । यो लेखमा मैले देश भित्र भन्दा देश बाहिर भएका नेपालीलाई कसरी ब्यवस्थापन गर्ने भन्नेवारे आफ्नो बिचार राख्दैछु ।
अहिले भारत लगायत तेस्रो मुलुकमा कानुनी र गैरकानुनी तरिकाले गएका नेपालीहरुको संख्या लाखौमा छ । कानुन सम्मतरुपले गएका नेपालीहरुको यथेष्ट अभिलेख सरकारसग भएता पनि गैरकानुनी तरिकाले नेपाल बाहिर वा नेपालकै बिमानस्थल प्रयोग गरेर तेस्रो मुलुक गएका हरुको अभिलेख सरकारको कुनै पनि निकायहरुसग छैन ।
अव सरकारसग आपत आईलागेको छ । देश भर्खर बिकासको लागि बामे सरदै थियो त कोभिड-१९ को समस्या आईलाग्यो, सम्पन्न देशलाई समेत नियन्त्रण गर्न कठिन भएको अवस्था देखा परिरहेको छ । बिभिन्न देशहरुमा औषधि पत्ता लगाउने प्रयास जारी छ यद्यपि यसको नियन्त्रणमा काम लाग्ने खोप अथवा भनौ औसधि बन्न समय लाग्ने भएको कारणले बैज्ञानिकहरुले अझै केहि समय सम्म प्रकोप रहिरहने प्रछेपण गरेका छ्न ।
सरकारले बिदेशमा भएका नेपालीहरुलाई नेपाल आउन रोकेको अवस्था छ, हवाई एव स्थल मार्ग आवज जावत सबै थप्प छ । यो बिशम परिस्थितिमा बिश्वका कुनै पनि देशमा रहेका नेपाली आफ्नो मुलुक फर्कन खोज्नु नौलो कुरो होइन, आफ्नो देश कुनैपनी बेला फर्कन पाउनु कानुनत कुनै पनि नागरिकको अधिकार पनि हो । अन्य देशका नागरिकहरु आफ्नो देशमा समस्या हुदाहुदै पनि जहाज चार्टर गरेर आफ्ना नागरिकलाई आफ्नो देश लगिरहेको नेपालीहरुले टुलुटुलु हेरेर बस्नु सिवाय अरु छैन, तेस्तो बेला यकिन हुन्छ हामी र हाम्रो सरकार कति बलियो र सरकार कति नागरिक प्रती जिम्मेवार छ भन्ने कुरा ।
घरपरिवारको जिम्मेवारी बोकेर बिदेश पसेको कुनैपनी नेपालीको देश प्रति पनि भुमिका छ उनीेहरुले आर्जन गरेको सिप र उनिहरुले पठाउने रेमिट्यान्सले देशको अर्थब्यबस्था सबल पार्न ठुलो सहयोग गरेको छ । तर यो अप्रत्याशित महामारीका कारण तिनै नेपालीहरु राज्यबाट अपहेलित भएको महसुस गरेका छन् राज्यको कुनैपनी सम्बोधनमा बिदेशका नेपालीको अवस्थाबारे कुरा समाबेश छैन, छ्न त जहा छौ तहि बस, के तिनिहरु नेपाली नागरिक होइनन, नेपाल भित्रका मात्र नागरिक हुन त ? हुन भने आज सयौ नेपालीहरु सिमानामा आएर अलपत्र पर्दा राज्यको आखा किन पर्दैन? नेपालीहरु ज्यानको बाजी लगाएर महाकाली तरेर नेपाली भुमिमा आउन बाध्य छ्न, एक दिन एक रात होइन हप्तौं लगाएर पैदल हिडेरै आफ्नो घर पुग्न थालिसके । कतार दुबई मलेसियामा नेपालीहरुको बिचल्ली हुदैछ, कतिपयको त अवस्था ठिकठाक होला महिनौ पनि लकडाउनमा बस्न सकछ्न तर ज्यादातर यस्ता छ्न जस्को कम्पनी पनि कम्जोर छ आफुसग खर्च पनि छैन, कोठा किराया बिजुलीपानी खाना खर्च कहाबाट तिर्ने हुन? ठुलो क्याम्पहरुमा लामो दिनतक बसिरहदा मानसिक समस्या त छ्दैछ, संक्रमणको सम्भावना पनि रहन सक्छ, कति नेपालीहरु कम्पनीबिहिन अथवा गैरकानुनीरुपले पनि काम गर्दै आएका छन अव तिनिहरुलाई पनि समस्या हुनेछ । यस्तै यावत समस्या छ्न । हाम्रो सरकारले दैनिक जसो बिभिन्न सरकारसग कुरा गरेतापनि त्यसको कुनै अर्थ छैन, किनकि बिदेशमा राशन पानी राहत त कसैले बितरण गर्दैन, दूतावासले उद्वार तक गर्न सक्ला तर मान्छेका भौतिक कुरा त उपलब्ध गराउदैन होला जस्तै खाना बस्न आदि ।
देश बाहिर श्रम गर्न गएका श्रमिकहरुको उद्दारको बारेमा सरकार त के श्रम मन्त्री समेत चुईक्क बोलेको छैनन, बरु परराष्ट मन्त्री प्रदिप ज्ञवालीले गुमाउरो तरिकाबाट बिदेशमा रहेका नेपालीलाई नेपाल ल्याउन नसकिने कुरा बताउदै आएका छन, बर्तमान श्रममन्त्रीले भारत एव खाडीबाट कुनैपनि हालतमा नेपालीहरुलाई ल्याउन नसकिने बताएका छन बरु गणतन्त्र कोरिया जान तयार रहेका नेपालीलाई त्यहा जान मिल्ने बाताबरण बनाउन सकिने बताएका छन यो भन्दा लज्जास्पद कुरो के हुन्छ, आफ्नो नागरिकलाई समस्या परेको बेला नागरिकले अभिभावकत्व नि नपाउने ?
दैनिक जसो स्वस्थ्य अवस्थाको नेपालीहरु पनि बढ्दो संक्रमणका कारण संक्रमणमा परिरहेका छ्न र मृत्यु पनि भैरहेको छ । बिस्वका शक्तिशाली देशमा रहेका नेपालीहरु पनि त्यहाको स्वास्थ्य सुबिधा प्रती ढुक्क छैनन, हालै कोरोनालाई जितेका स्पेनमा बस्ने अर्घाखाँचीका बिश्नु रिजालले यदि बिरामी भएर अथवा ज्वरो आएर अस्पताल जानुपर्ने अवस्थामा एम्बुलेन्स समेत लिन आउन नमानेको कुरा बताएका छन भने अन्यले अस्पतालमा बेड नपाउने र घरमै रहन बाध्य बनाएको सन्चार माध्यममा पाइएको छ ।
हालै काठमाडौका पवन मल्लको अमेरिकामा उपचार नपाएर मृत्यु भएको खवर आएको छ उनलाई अस्पतालले भर्ना गर्न ठाउँ नभएको भनेपछि घरमै बसेका उनको मृत्यु भएछ।
नेपालीहरु घरले जाजा र बनले पनि जाजा भनिरहेको अवस्थामा छन ।
अव यो परिस्थितिमा नेपाल आउन चाहने नेपालीहरुलाई यसरी ब्यवस्थापन गरौ भन्न चाहन्छु।
१. नेपालमा ठुलो मात्रामा क्वारेन्टाइन निर्माण गरौ : लगभग १ महिना पहिला पर्यटन तथा सस्कृती मन्ती माननिय योगेश कुमार भट्टराईले १ लाख क्षमताको क्वारेन्टाइन बन्न लागेको कुरा सन्चार माध्यममा आएको थियो यदि त्यो साचो हो भने ठिक छ नत्र तुरुन्तै १ लाख माथी क्षमताको क्वारेन्टाइन निर्माण गरौ ।
२. आईसोलेशन : हजारौंको संख्यामा आइसोलेसन निर्माण गरौ ।
क्वारेन्टाइन र आइसोलेसन बस्ती देखी टाढा नयाँ ठाउमा बनाउ ।
३. शक्तिशाली अधिकार सम्पन्न प्राधिकरण : यस्तो प्राधिकरण जस्तै निकाय खडा गरौ जस्ले २४ औ घन्टा यो रोग नियन्त्रणको लागी एकद्वार प्रणालीको काम गरोस । यसले देशभरबाट चिकित्सक तथा बिदेशमा पढन गएका जो सेवा दिन चाहेका चिकित्सकलाई एकताबद्ध गरि उनीहरुलाई परिचालन गरोस, क्वारेन्टाइन वा आइसोलेसन तथा अन्य रोग नियन्त्रणमा प्रयोग हुने सामान खरिद एव ब्यवस्थापन पनि यसले गरोस् यस्मा नेता होइन स्वास्थ्यसग सम्बद्घ चिकित्सक तथा बिज्ञहरु यो प्राधिकरणमा नेतृत्व तहमा होउन जस्तै : डा भगवान कोइराला, डा केसी आदी ।
४. नेपाली सेनालाई जिम्मेवारी दिउ : भारतमा महामारी नियन्त्रण हुन कठिन देखिएको छ त्यसैले भारतसगको खुला सिमानाको कारण नेपाल् अत्यन्तै जोखिममा छ त्यसैले खुला सिमा जति छ त्यहा नेपाली सेनालाई तैनाथ गरौ, क्वारेन्टाइन आइसोलेसनको सुरक्षा जिम्मा पनि सेनालाई दिनुपर्छ । र नेपाल प्रहरी ससस्त्रलाई कल्स्टर सुरक्षाको जिम्मा दिनुपर्छ । त्यसो भएमा भारतको जोखिम न्युन हुन्छ भने क्वारेन्टाइन र आइसोलेसनबाट मान्छे भाग्ने स्वास्थ्यकर्मी कुट्ने चलनको अन्त्य हुनेछ यो सबैमा सेना प्रहरीलाई सुरक्षाको उपकरण प्रदान गर्न पर्दछ ।
५ स्थानिय निकायहरुले पनि हजारौंको सन्ख्यामा क्यारेन्टाइन निर्माण गर्ने र प्राधिकरणसग समन्वय गर्ने ।
६. सरकारले बिदेसमा भएका नेपालीहरुको दुतावास मार्फत वा अन्य माध्यमबाट तत्काल तथ्यांक तयार गर्ने, बिदेशमा रहेका सबै नेपाली कमजोर छैनन र सबै तत्काल नेपाल आइहाल्ने अवस्थामा पनि छैनन् कतिपय खाडिमै एव युरोप अमेरिकन देशहरुमा एक्लै तथा परिवार सहित सुरक्षित तवरले रहेका नेपालीहरु तत्काल नेपाल आइहाल्ने मनस्थितिमा नहुन सक्छ्न त्यसैले तत्काल नेपाल आउन चाहेको भारत सहित तेस्राे मुलुकहरु कतार युएई मलेशिया साउदी, माल्दिभ्स लगायत रहेका छन जहा निम्न बर्गका श्रमिकहरु ठुलो मात्रा कार्यरत छ्न धेरै समस्या निम्न बर्गिय श्रमिकमा छन ।
७. नेपाल आउन चाहनेको तथ्यांक तयार गर्ने र त्यसलाई समुहगत बिभाजन गर्ने जस्तै सबै भन्दा पीडितलाई पहिला उद्द्वार गर्ने : जस्तै उपचार गर्न गएकाहरु, बिध्यार्थिहरु, घुम्न गएकाहरु, अनि काम गर्न गएका मध्ये पीडितहरु र अन्य ।।
८. अव नेपाल आउन चाहनेलाई नेपाल आउनु अघि स्वास्थ्य रहेको प्रमाणपत्र लिन पर्ने अनिवार्य गरौ किनकी बिरामी भएको अवस्थामा सम्बधित देशले नै उपचार गर्ने ब्यवस्था हुन्छ र यस्तो अवस्थामा जोखिमलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ ।
९. एकदिनमा ७ हजारलाई हवाई वा स्थलमार्गबाट आउने ब्यवस्था गरौ । किनकी हामीले १ लाख क्षमताको क्वारेन्टाइन बनायौ भने दिन मा ७ हजार भर्ना गर्ने र १४ दिन पछि दैनिक ७ हजार डिस्चार्ज हुनेहुदा दैनिक ७ हजार भर्ना र ७ हजार डिस्चार्ज हुन्छ्न जवकी ७ हजार पनि ल्याउने हाम्रो जहाजको क्षमताले भ्याउदैन यो सन्ख्या कम हुनेछ । यो जिम्मा प्राधिकरण र सुरक्षा जिम्मा सेनाले आपसी समन्वयम गर्नेछ्न र प्रभावकारी हुनेछ ।
१०. बिदेशमै स्वास्थ रहेको प्रमाणपत्र बोकेर आउने हुनाले संक्रमण हुने जोखिम न्युन हुन्छ यद्यपि कुनै संरक्षण देखिएमा आइसोलेसन तयारी अवस्थामा हुनेछ जस्को नेतृत्व प्राधिकरण र सेनाको हुनेछ ।
११. तिन तहको क्वारेन्टाइन : पहिलो बिदेसबाट आउदा बित्तिकै राज्यले गर्ने १४ दिने । दोस्रो स्थानिय निकायले पनि १४ देखी २५ दिन राख्ने, तेस्रो होम क्वारेन्टाइन अनिवार्य गर्ने ।
यसमा मुख्य भुमिका अधिकार सम्पन्न प्रधिकारण, सुरक्षा निकाय, बिदेसस्थित सरकारका निकाय, चिकित्सकहरु, स्थानिय निकायहरुको रहन्छ त्यसैले यि सबैलाई राज्यले परिचालन गरेमा ब्यवस्थापन गर्न सकिने देखिन्छ ।
जस्तै : एकदिनमा २ हजार क्वरेन्टाइन भर्ना गर्ने यो ल्याउने लैजाने काम सेनालाई दिने, क्वारेन्टाइनमा चिकित्सकको टोलि अपडेट तयारी अवस्थामा हुनेछ्न । हरेक दिन आउने क्रम हुनेछ एक टोलि १४ दिन बसेपछि डिस्चार्ज हुनेछ । यसरी दैनिक आउने दैनिक डिस्चार्ज हुनेको तलिका हुनेछ । डिस्चार्ज हुनेलाई सेनाको गाडी वा अन्य सुरक्षित गाडीमा उसको स्थानिय निकाय सम्म पुराउने काम गरौ । स्थानीय निकायले १ महिना राखोस क्वारेन्टाइनमा अनि अन्त्तमा होम क्वारेन्टाइन बस्ने गरि घर जान अनुमति दिने । यो सबै सिलसिल्वार गरियो भने पार लगाउन सकिएला नत्र सरकारको मात्र मुख ताक्ने हो भने दुर्दशा तुलुतुलु हेर्ने दिन टाढा छैनन् किनकी बिभिन्न देशहरुले आफ्ना नागरिक लैजान अनुरोध गर्न लागेको समाचार आईसकेको छ, यदि तत्काल तयारी बिना ल्याउनु भनेको रोग ल्याउनु हो । युएईले त आफ्ना नागरिक फिर्ता लौजान अनुरोध नै गरेको र लैजान नमान्नेलाई कारवाही गर्ने समाचार आईसकेको छ यदि लामो समय प्रकोप नियन्त्रण नभएमा लगभग सबै देशले यसै भन्नेछ्न अनि नेपाल सरकारको चेत खुल्नेछ । त्यतिबेला अर्को माहामारी आईपर्न सक्छ त्यसैले पुर्व तयारी गरेको उचित छ ।
अन्यथा : राज्यले राजनीतिक समस्या हल गर्न जस्तै उच्चस्तरीय सम्यन्त्र गठन गर्ने तर तेसमा एउटा पनि चिकित्सक वा स्वस्थ्य सित सबद्द ब्यक्ती नहुनुले यो देखाउने दात जस्तै बिना अर्थको संयन्त्र भन्ने ब्यापक गुनासो छ । स्वास्थमन्त्री योग्य हुनुहोला तर उहाँलाई स्वास्थ्य क्षेत्रमा अनुभव र बिज्ञता नभएको कारण पनि केहि अस्पष्टता देखिएको छ । यो सबै तिर बिज्ञहरु हुनुपर्छ । स्वास्थ्य सामाग्री खरिदमा अलमल छ तानातान छ यसलाई सेनाको जिम्मा दिएमा शंका गर्ने ठाँउ हुदैन । खुला सिमानाहरुमा सेना तैनाथ गरेर आवज जावज बन्देज गर्ने जिल्ला जिल्लाका सेनाका टुकुरीहरुलाई परिचालन गर्ने, रिटायर चिकित्सक, कार्यरत चिकित्सक बिदेशमा रहेका चिकित्सकलाई स्वयंसेवकको लागी अनुरोध गर्न अत्यन्त जरुरी छ ।
माथी उल्लेखित बुदाहरु अनुरुप कार्य गर्न सकेमा बिदेशमा रहेका नेपाल आउन चाहने नेपालीहरुलाई सुरक्षित अवतरण गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई कोभिड-१९ को महामारीबाट पार लगाउन सकिन्छ कि ?