सुर्य भुसाल
छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सबै वार्ड भित्रका अति बिपन्न तथा असङगठित बसोबास गर्ने एक हजार उन्पचास घर परिवारलाई राहात उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।
गाउँपालिका भित्र रहेका स्थानिय ब्यापारीहरुलाई प्रतिस्पर्धा मापन गरि सम्बन्धित वार्डका बिपन्न परिवारलाई सोहि वार्डबाट सामान उपलब्ध गराउदा ढुवानीमा आर्थिक भार समेत सस्तो पर्ने भएको कारण यसरी राहात बितरण बैज्ञानिक मापदण्ड अनुसार बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।
छत्रदेव गाउँपालिकाले अहिले वार्ड नम्बर १ देखि वार्ड नम्बर ८ सम्मका १ हजार ४९ परिवारलाई राहात बितरण गर्न लागेको र भोलिसम्म सबै वार्डका अति बिपन्न परिवारले राहात पाउने गरि वार्ड अध्यक्ष लगायतका जनप्रतिनिधिहरु सबै वार्डमा लागि परेको अधिकृत भुसालले बताउनु भयो ।
वाहिरी ब्यक्ति तथा संघ संस्थाहरु मार्फत आउने सहयोग समेत छत्रदेव गाउँपालिमा हाल सम्म सबैभन्दा बढि उठेको छ ।
गाउँपालिकाले स्थानिय टेलिभिजन मार्फत एसईई दिने बिधार्थीहरुलाई टिउसन कक्षाको समेत सुरु गरेको छ । राहात बितरण भईरहेका वार्डहरुमा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल सहितका जनप्रतिनिधि कर्मचारीहरुको टोलीले अनुगमन समेत गरिरहेको छ ।
उता आज गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले अर्घाखाँचीडट्कममा फेसबूक लाईभ अन्तर्वाता समेत दिनुभएको थियो ।