खाँचीकोटको किटेनीमा काठका पोल जिर्ण अवस्थामा, विद्युत प्राधिकरणको लापरवाहीका कारण भाचिएर दुर्घटना हुने डर (भिडियो तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
किटेनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनीमा जिर्ण अवस्थामा पुुगेका पुराना काठका पोल भाचिएर दुर्घटना  हुने डरले स्थानियबासीहरु चिन्तित भएका छन् ।
खाँचीकोटको किटेनीमा जिर्ण अवस्थामा पुुगेका पुराना काठका पोलहरु विद्युत प्राधिकरण कार्यालय अर्घाखाँचीले फेर्न नमानेको भन्दै कति बेला भाचिएर दुर्घटना हुने हो भन्ने डरले किटेनीबासी चिन्तित भएका हुन् ।
२०६० सालमा बिद्युत लाईन विस्तार गरीएको अधिकांस काठका पोलहरु जिर्ण भएपछि कतिपय पोलहरु भाचिने र ढल्ने अवस्था रहेका छन् ।
जसोतसो काठका पोलहरु गाडेर भएपनि बिजुली गाउँमा आएपछि बत्ति बाल्न त पाईयो तर अहिले तिनै काठका पोलहरु पुरानो हुदा कहिले पोल ढलेर करेन्ट लाग्छ भन्ने डर रहेको छ, उनले भने । गाउँमा बिद्युत जडान भएदेखी एक पटक पनि बिद्युत कार्यालयबाट कुनै कर्मचारी नआएको धुर्बराज आचार्यले बताए । स्थानिय यमकला आचार्यको घर नजिकै रहेको काठको पोल भाचिएर दुर्घटना हुने डरले बाँसको टेवा लगाएर राखेको अवस्था छ: आचार्यले अर्घाखाँचीडट्कमलाई बताए ।
खाँचीकोट क्षेत्रका काठका पोलहरु जिर्ण बन्दै गएका छन् । खाँचीकोटबासीले कयौ पटक विद्युत प्राधिकरण कार्यालय अर्घाखाँचीलाई ध्यानाकर्षण नसुनेको गुनासो उनिहरुको छ ।
उता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले देशभरका ग्रामीण तथा दुर्गम क्षेत्रका काठका पाेल तुरून्त प्रतिस्थापन गरी फलामे पोल राख्ने भनेपनि कुरामा सिमित भएको छ । काठका यस्ता पोलको आयु १० वर्ष हुने दाबी गरिए पनि घाम पानी र हावाहुरीका कारण एक वर्षमै मक्किएर जिर्ण बन्ने गरेका छन् ।
यस्तै विद्युत प्राधिकरण कार्यालय अर्घाखाँचीका कर्मचारीको लापरवाहीका कारण जिल्लामा विद्युत आपूर्ति नियमित रुपमा हुन सकेको छैन् । अर्घाखाँचीमा प्राधिकरणका कर्मचारी नियमित समयमा काममा त आउँदैन त्यो माथि सेवाग्राही कहिले नै सुन्दैनन् । जिल्लाबासीले विद्युत आपूर्ति अनियमित भएका कारण वर्षौदेखि निकै सास्ती खेप्नुपरेको छ । विद्युत प्राधिकरण  अर्घाखाँचीमा अहिलेसम्म एक पनि राम्रो उत्तरदायी कार्यालय प्रमुख आएको छैन् ।

अन्य समाचारहरु