अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकहाटोलाका एक युवाले गरीब विपिन्न परिवार तथा बिरामीहरुलाई नि:शुल्क ट्याक्सी सेवा दिएका छन् ।
रोकहाटोलाका घर भई हाल फुदबाङमा बस्दै आएका समाजसेबी युबा हिमाल भाट क्षेत्रीले गरीब विपिन्न परिवार तथा बिरामीहरुलाई नि:शुल्क ट्याक्सी सेवा दिएका हुन् ।
क्षेत्रीले आफ्नो क्षेत्री टुर एन्ड ट्राबल्स सन्चालन गर्दै आएका छन् । देशभर तथा आबशकता अनुसार घुम्न आउने जानेहरुको लागी जती बेला पनि उनले आफ्नो सेवा दिदै आएका उनले बिश्व भर फैलिएको कोभिड १९ रोगबाट देशभर लकडाउन भएको, यस बिषम अबस्थामा उनले आफ्नो ट्याक्सी सेवालाई लक डाउन अबधीभर सन्धिखर्क नगरपालिका वार्ड न् ३ भित्रका गरीब विपिन्न परिवार तथा बिरामीहरुलाई निशुल्क सेवा दिने र कुनै शुल्क नलिने गरी जती बेला पनि उक्त फ्री सेवा लिन सकिने जानकारी गराए ।
सोही क्रममा उनले समस्यामा परेका रोगी, बिरामीहरुले उनलाई सिधै संपर्क गरी आफ्नो सेवा लिन सक्ने र यसरी बिषम अबस्थामा वार्ड भित्र रहेका रोगी बिरामीको सेवा गर्न पाउदा आफुलाई खुसी र शान्ती मिल्ने डट्कमलाई बताए।