सुर्य भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले सम्पूर्ण वार्डहरूमा राहत वितरण र अनुगमनलाई तिव्रता दिएको छ ।
छत्रदेव गाउँपालिकाका सम्पूर्ण वार्डहरूमा वितरण गरिएकाे राहत सामाग्रीहरूकाे गुणस्तर तथा वितरण प्रणालीको व्यवस्थापन र राहत सामाग्री प्राप्त गर्ने लाभग्राहिहरूकाे अवस्थाकाे बारेमा अनुगमन गरेको हो ।
अनुगमन गर्न प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसाल सहितको कर्मचारीहरुको टोली स्थलगत वार्डहरुमा पुगेर सेवाग्राहीका पिर मर्काबारे जानकारी लिएको थियो ।
खाध्न दिने पसलहरुमा पुगेर गुणस्तरीय सामान छ या छैन भनेर निरिक्षण गरेको प्रमुख प्रसासकिय अधिकृत भुसालले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।