भुमिकास्थान नगरपालिका ढाकावाङ्गका ३ वर्षीय बालकलाई अन्तर्राष्ट्रिय अर्घाखाँची मन्चको आर्थिक सहयोग

अर्घाखाँची डट्कम संवाददाता 
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) भुमिकास्थान नगरपालिका वडा नं. २ ढाकाबाङका ३ वर्षीय  बालकलाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मन्चले आर्थिक सहयोग गरेको छ ।
शरीरमा रगत उत्पन्न नहुने (थाईनोमिया) भन्ने रोग बाट ग्रसित साबित्रा खनालको छोरा अनुज खनाललाई उपचारका लागि घरको स्थिती निकै नै दयनीय भएकोले उपचार गर्न कठिनाई भएको हुदा हरेक महिना बुटवल आम्दा अस्पतालमा पुगि रगत बदली रहनु पर्ने भएकोले आर्थिक अभावले गर्दा अस्पताल सम्म जाने रकम नहुदा सहयोग गरिएको हो ।
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल पनि अछुतो रहन नसकेको अवस्थामा विगत ३ हप्ता देखि लकडाउनको कारण गाडी नचलेपछी अझ धेरै खर्च हुने भएको हुदा आइएसियो ले १२ हजार नगद आर्थिक सहयोग गरि आज एम्बुलेन्समा बुटवल पठाईएको महासचिव दामोदर भुसालले बताउनु भयो ।
सन २०१२ मा विश्व भर छरिएर रहेका अर्घाखाँची वासीहरुलाई एकताबद्ध गराई स्थापना भएको मन्च ले जिल्लामा अति बिपन्न गरिव असाय व्यक्तिहरुलाई केही दिन पहिला ५० हजार नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मन्चले अझ ससक्त भएर जिल्लामा भईपरी आउने हरेक समस्यामा हातोमालो गर्नका लागि जिल्ला वासिहरुलाई संस्थामा जोडिनु हुन अध्यक्ष रञ्जित क्षेत्रीले आग्रह गर्नु भएको छ ।