अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंचद्वारा ढाकाबाङका ३ वर्षीय थाईनिमिया रोगबाट पीडित बालकलाई आर्थिक सहयोग

हरि कुँवर
ढाकाबाङ, अर्घाखाँची  ।  अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच ( Iaco) ले थाईनिमिया नामक रोगबाट ग्रसित ३ वर्षीय बालक अनुज खनाललाई आर्थिक रकम सहयोग गरेको छ । 
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. २ ढाकाबाङ निवासी सावित्रा खनाल (मो.९८६७५०९३८९) का ३ वर्षीय छोरा अनुज खनाल लाई  थाईनिमिया भन्ने रोग लागेको छ।
परिवारको आर्थिक अबस्था अत्यन्तै दयनिय भएकोले यश अघि सहयोग उठाएर उपचार चलेको थियो। एक-एक महिनामा निजको बुटवल आम्दामा होस्पिटलमा रगत बदली रहनु पर्दछ।लकडाउनका कारण तथा आर्थिक अभाबले निजको सरिरमा रगत अभाबले पुरै सेतो भैसकेको र अब दुई -तीन दिन भित्रमा उपचार हुन नसके बच्चा लाई गुमाउनु बाहेक कुनै विकल्प नभएको परिवारिक  श्रोतले जानकारी दिएको सयोगी बिसी ले जानकारी दिनु भयो ।  
यस्तो खबर आए पछि लगत्तै अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मंच (Iaco) ले  सयोग नगद रु. १२००० बाह्र हजार सयोग गरेको थियो। अर्घाखाँची सम्पर्क मंच (Iaco) संस्था का संरक्षक राम प्रसाद पराजुली बाट तीन हजार , सह – कोषाध्यक्ष हरि कुँवर ले तीन हजार,  अध्यक्ष रन्जीत कुमार क्षेत्री ले दुई हजार , महासचिव दामोदर भुसाल बाट दुई हजार यसैगरी सदस्य पशुपति श्रेष्ठ ले दुई हजार सयोग गर्नु भएको थियो । बाह्र हजार संस्थाका निबर्तमान अध्यक्ष गिरिराज खनाल ,सल्लाहकार हरि प्रसाद भुसाल ,अम्बिका श्रेष्ठ, सयोगी बिसी को उपस्थितिमा निजलाई सन्धिखर्क वडा नं. १० का वडा सदस्य तथा समाजसेबी युवा व्यबसायी भेषराज क्षेत्रीले हस्तान्तरण गरे सगै उपचारको निम्ति बुटवल स्थित आम्दा अस्पतालमा एम्बुलेन्स द्वारा पठाईएको थियो ।
यस अघि आर्थिक अवस्था कम्जोर भएका सात घरपरिवार लाई पचास हजार बराबरको खाद्यान्न तथा नगद हस्तान्तरण गरेको थियो । 
विभिन्न देशमा  रहने अर्घाखाँची बासीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको संस्था अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क ( Iaco)ले बाबू अनुज खनाल को शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।