गणेश बेल्बासे संगम
अमराई, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ४ स्थित न्यु अमरावती युवा क्लबले कोरोना नियन्त्रणको लागि नगरमै अनुकरणीय कार्य गर्दै आएको छ । क्लबले वडा तथा नगरमा संचालन हुने कार्यक्रम देखि खेलकुद, कला सँस्कृति तथा सामाजिक विकासको क्षेत्रमा अनुकरणिय कार्य गरी आफुलाई समाजमा स्थापित गर्न सफल भएको छ ।
प्रयोग भएको किटनाशक औषधी
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण न्युनिकरण गर्न नगरपालिकाको सहयोगमा आज अमराईको बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । संक्रमण फैलिन सक्ने जोखिम न्युनिकरण गर्न बन्दै क्लबले मानिसहरूको भिड लाग्ने स्थानहरूमा किटनाशक औषधी छर्किएको हो ।
क्लबका सदस्यहरु खटिदै
ठाडा अमराई सबैको बजार क्षेत्र भएकाले कोरोना भाइरसको जोखिम पनि धेरै भएका कारण किटनाशक औषधी छर्किएको क्लबका अध्यक्ष सरोज परियारले बताए । चहलपहल बढी हुने स्थानमा क्लोरिन पाउडर छर्किएको हो । फोहोर र विभिन्न खाले किटाणु नियन्त्रण गर्न किटनाशक औषधीले सहयोग पुग्ने उनको भनाई छ ।
घरघरमा छर्किदै
क्लबले वडा नं. ४ मा घर घरमै पुगेर कोरोना भाइरसबारे जनचेतना दिर्दै आइरहेको छ । कोरोना भाईरसको बारेमा पर्चा पम्प्लेट मार्फत जनचेतना संचालन गरेको थियो ।
त्यसै गरी वडाको मुख्य बजार अमराईमा हेल्थ डेस्कको स्थापना, साबुन पानीले हात धुने स्थल, सेनिटाइजरको व्यवस्था, मास्क वितरण लगायतका कार्य यस अघि नै गरेको छ । त्यती मात्र नभई टाढा देखि पैदल यात्रामा निस्किएका पैदल यात्रीहरुलाई बिस्कुट पानीको व्यवस्था समेत गरेको छ । साथै ड्युटीमा रहेका सुरक्षाकर्मीलाई खाजाको व्यवस्था गरेको क्लबले रातोप्रेस डटकमलाई जानकारी गराएको छ ।