ठाडामा काठमाडौंबाट अर्घाखाँची आएकालाई त्रिशक्ति युबा कल्बद्वारा नास्तामा चिया बिस्कुट

उमेश बन्जाडे 
ठाडा, अर्घाखाँची । काठमाडौंबाट अर्घाखाँची आएकालाई शितगंगा नगरपालिका वार्ड नम्बर १२  ठाडा स्थित श्री त्रिशक्ति युबा कल्ब द्वारा नास्ताका रुपमा चिया बिस्कुट बितरण गरेको छ। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ लाई मध्यनजर गर्दै देशभर लकडाउन भैरहेको बेला कल्वले विभिन्न समाजसेवाका कामहरु गर्दै आएको छ। बिगत १२ बर्षदेखि सञ्चालनमा आएको कल्बले अर्घाखाँचीमै नमुना कामहरु गर्दै आएको छ।
काठमाडौं बाट हिजो राति हिडेका यात्रुहरुलाइ अर्घाखाँची स्वागत गर्दै अबको २ हप्तासम्म होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गदै उनिहरुलाइ नास्ता बितरण गरेका हो। उक्त कार्यक्रम त्रिशक्ति युबा कल्बको आयोजना र शितगंगा नगरपालि र १२ नम्बर वडा कार्यालयको सहकार्यमा सम्मन्न भएको कल्बका अध्यक्ष दुर्घा घमले बताउनु भयो ।
कोरोना भाईरस भित्रिए सङ्गै गाउँ र गाउँओरिपरिको करिब १ किलोमिटर टाढा सम्म स्थानिय रुपमै सेनिटाईजर बनाई छर्कने काम समेत कल्बले गरिसकेको छ साथमा कोरोना भाइरस बाट बच्ने उपाए घर घरमा साबुन बाड्र हात धुने सामाजिक दुरि बनाउने अरुलाई घरमा आउन नदिनि र आफु पनि नजाने भनी सचेतनाका बारेमा भेडामारा ठाडा चक्ला रजिया पिरापानि पथ्थरकोट भङ्गला पडरिया लगाएता ठाउहरुमा माईकिङ्ग समेत गरिसकेको कल्बका पूव अध्यक्ष मोहन बन्जाडेले बताउनु भयो।
यति कोहि कतै अफ्ट्यारोमा परेकाहरुलाइ कल्ब जति बेलापनि सहयोगकोलागि तयारि अबस्थामा रहेको कुरा बन्जाडेले बताउनु भयो। बिगता बर्षहरुमा पनि कल्बले यस्तै समाज सेवा लगायतका काम गर्दै आइरहेको छ। कोरोना भाइरबाट बच्न अर्घाखाँचीमा भित्रिने यात्रुको स्वास्थय परिक्षणको लागी डोहोटेमा स्थापना गरिएको हेल्प डेक्सलाएइ समेत कल्बले सहयोग गदै आएको छ। आजको सेवा कार्यक्रमा नगरप्रमुख सूर्य अकिारी र १२ नम्बरका वडा अध्यक्ष बाबुराम गैरेले अवलोकन गनुभएको थियो ।

अन्य समाचारहरु