ढिकुराको काफ्लेका अति विपन्न, काजकिरिया गर्न नपाएका मृतकको परिवारलाई विदेशबाट युवाहरूले आर्थिक सहयोग गरे (नामावली सहित)

हरि कुँवर
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ९ साबिक  ढिकुरा  काफ्ले देबिखैन्न निवासी स्थानिय मृतक हुमलाल भारतीको परिवारलाई    वैदेशिक रोजगारमा गएका युवाहरूले चालीस हजार सातसय एक्काईस  (४०,७२१) तीन दिन भित्र संकलन गरि आर्थिक सयोग गरेका छन । 
अर्घाखाँचीका युवाहरू ले अर्घाखाँचीबासी को एकता मा शक्ति अझैसम्म जीवितै छ भन्ने प्रमाणित गरेका छन । कोरोना भाइरस को माहामारी ले तहस  नहस  भएको बेला खान जुटाउन  काजकिरिया  गर्न समेत गार्‍हो परिरहेको अवस्थामा उक्त रकम तीन दिन भित्र वैदेशिक रोजगारीमा खटिएका  कफ्लेलिका युवाहरुले सयोग रकम  संकलन गरि हस्तान्तरण गरेका छन । 
 आर्थिक अवस्था कम्जोर भएपछि दुई पटक जन्डिस भएर उपचार पाउन नसकी ५२ वर्ष को उमेरमा हुमलाल भारतीको निधन भएको स्थानिय छविलाल गिरी ले बताए । तीन  दिन भित्र आर्थिक  संकलन गरिएपछि एकता  साच्चै नै एक नमुना बनेको  छ ।
स्वर्गीय हुमलाल भारतीका श्रीमती , दुई छोरा एक छोरी छन । छोराछोरी  लाई पढाइ लेखाइमा समेत समस्या परिरहेको पारिवारिक श्रोतले बताएको छ । 
वैदेशिक रोजगारीमा  खटिएका  कफ्लेलि  युवाहरु  र  स्थानिय  बुद्धिजीवी द्वारा  सहयोग  गरिएको  थियो।  छवि लाल  गिरि  (मलेशिया)  बाट  २१००/- , राजु  शारु (भारत )                    ११००/- , क्रमश  अनिल सारु मगर (अफ्रिका ) १०००/-  ,लक्ष्मण रेस्मी (कतार )१००५/-,  प्रकाश पोखरेल (कोरिया ) १५००/- , बल  बहादुर  रेस्मी (साउदी )      १२००/- , गिर  बहादुर  सारु  (भारत )        १०१०/- , टोप बहादुर  सारु  (कुबेत )         १०००/- , कृष्ण प्रसाद भारती (कुबेत )        १०००/- , घन्श्याम   सारु (दुबई )             १०००/- , टानबहादुर सारु (सुमन) साउदि  ११११/- ,केशब सारु (मलेसिया) १०१०/- ,  तुलशा भारती (भारती परिवार )   ५०००/- ,  नबराज  भारती (मलेसिया) १०५०/- , डासिराम  दर्लामी स्थानिय प्र:अ  १०५५/-  ,लोकमनी भारती( साउदी )        २१००/- ,यज्ञ भारती (भारत)                    १०५५/,  धर्मराज  भारती (साउदी )          १००५/- , सारदा  सारु (अस्ट्रेलिया)             १०२०/- , इन्द्र  बहादुर  सारु  (दुबई )          १००५/-  प्रेम भारती (बहराइन)                  ११००/-, कृष्ण भारती (साउदी)                 २१५०/- , धन बहादुर सारु (साउदि )            १०५५/- कुलबहादुर सारु स्थानिय           ५०५/- , कमला  सारु  (कुबेत )                  १०१०/-, सन्तोष पालुङ्गे  मगर ( साउदी ) १०००/- , ज्ञान  बहादुर  सारु       (साउदी )  १०२५/- , हुमाकान्त पौडेल स्थानिय वडा सदस्य १०५०/-, जेदुलाल  भारती (भारत)१५००/-, धनिस्वोर भारती (भारत )बाट १५००/- ,  त्येसै गरि हुमलाल  भारती (भारत )बाट  १५००/- जम्मा चालीस हजार सातसय एक्काइस (४०,७२१/- ) जम्मा भएको थियो ।
वैदेशिक रोजगारीमा  रहेका  छवि लाल  गिरि,  राजु  सारु  मगर  र  स्थानीय बाशी डासिराम  दर्लामी  राजेश बन्जाडे,  बलिराम  गिरि  को सक्रियता मा  आर्थिक रकम सङ्कल गरि हस्तान्तरण गरिएको थियो ।