सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’

सुदूरपश्चिम प्रदेशमा थप एकजना कोरोना संक्रमित निको भएकी छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर–१ की महिला निको भएपछि बिहीबार उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ ।
लगातार दुईपटक गरिएको परीक्षणमा ‘नेगेटिभ रिपोर्ट’ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
वीरगन्जबाट आएकी उनी १२ दिन ‘क्वारेन्टाइन’मा बसेकी थिइन् भने चैत २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै सुदूरपश्चिममा चारजना कोरोनामुक्त भइ घर फर्किएका छन् ।
अब धनगढी उपमहानगरपालिका वडा नम्बर–५ की ३४ वर्षीया महिलामात्रै सेती अस्पतालको ‘आइसोलेसन’मा उपचारमा छिन् । इमेजखबरमा समाचार छ ।