अब भुमिकास्थान नगरपालिकाका कुनै गाउँमा जान नपाईने, जताततै प्रवेश निषेध

गोपाल प्रसाद भट्टराई
नुवाकोट, अर्घाखाँची  बैशाख–१२  ।  भुमिकास्थान नगरपालिकाले अन्य पालिका,जिल्ला र नगरभित्रका अन्तरवडाको आवत–जावतमा कडाइ गर्ने भएको छ । 
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्ने उत्तम विकल्प नै लकडाउन भएको निष्कर्ष सहित अति आवस्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गर्दै आवत–जावतमा कडाई गर्ने निर्णय गरेको हो । 
नुवाकोट स्थित कार्यालय परिसरमा सम्पन्न नगर कार्यपालिकाको बैठकले कुनैपनि सरकारी सेवा लिएका, पेन्सनर, उद्योगी, ब्यापारी, शिक्षक तथा कर्मचारी बाहेक लकडाउनका कारण घरमा चुलो बल्न अप्ठ्यारो परेका परिवारलाई मापदण्ड अनुसार राहत बितरण गर्ने निर्णय गरेको नगर प्रमुख रेसम थापाले जानकारी दिनुभएको छ । 
नगर प्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारी,नगर प्रवक्ता बाबुराम सुनार सहित सबै कार्यपालिका सदस्य र कर्मचारीहरुको सहभागितामा सम्पन्न बैठकले प्रदेश सरकार र नगरपालिकाको आधा–आधा लगानीमा सन्चालन हुने गरि एक वडा एक योजना छनोट गरि प्रदेशमा पठाउने निर्णय गरेको नगर प्रवक्ता बाबुराम पन्थीले जानकारी दिनुभएको छ ।