अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीटनाशक पदार्थ ‘डिसइन्फेक्सन’ शरीरभित्र हाल्न सुझाब दिएसँगै यसले विवाद बढाएकाे छ । यसअघि उनले क्लोरोक्वाइनको प्रयोग गर्न सुझाब दिएपछि उनी विवादमा आएका थिए ।
क्लोरोक्वाइन प्रयोग गर्दा केही बिरामीको मृत्युसमेत भएको थियो । ट्रम्पले अब शरीरबाहिर भाइरस एवं कीटाणु मार्नका लागि प्रयोग गरिने डिसइन्फेक्सनलाई कुनै किसिमले शरीरभित्र हालेर उपचार पद्धति विकास गर्नुपर्ने सुझाब दिएका हुन् ।
उनको यो भनाइलाई चिकित्सा क्षेत्रका जानकारहरूले आलोचना गरेका छन् । स्यानिटाइजरजस्तै किसिमका डिसइन्फेक्सनहरू शरीरभित्र हाल्ने सुझाब ट्रम्पले दिएका हुन् । उनले मानिसको शरीरलाई अल्ट्राभ्वाइलेट विकीरणको प्रयोगले समेत उपचार गरेर हेर्न सुझाब दिएका छन् ।
ट्रम्पको यो सुझाबलाई चिकित्सा समुदायले आलोचना गरेको छ । ट्रम्पको आफ्नै मेडिकल एजेन्सीले समेत यो सुझाबको आलोचना गरेको छ ।
(एजेन्सी)