सन्धिखर्क नगरपालिका – ५ वाङ्लाले कुहिएको मकै बिउ बितरण गर्‍यो, किसानद्वारा वार्ड कार्यालयमा तालाबन्दी

अर्घाखाँचीडट्कम संवाददाता
 वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्लाले ४० किलो गुणस्तरहीन मकैकाे बीउ बितरण गरेकाे भन्दै नवदर्गा कृषक समुह तथा आम किसानले वार्ड कार्यालयमा तालाबन्दी गरेका छन् । 
सन्धिखर्क नगरपालिका वार्ड नं ५ को वडा कार्यलयमा गुणस्तरहीन मकैको बीउ बितरण गरेको भन्दै नवदर्गा कृषक समुह तथा वार्डका आम किसानले वडा कार्यालयमा तालाबन्दी गरेका छन । वडा कार्यालयले किसानलाई गुणस्तरहीन मकैको बीउ बितरण गरेको र गुणस्तरीय बिउको व्यवस्था गर्न माग गर्दै वार्ड कार्यलयमा छलफलको आयोजना गरेको भएपनि वडाध्यक्षले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती दिएको भन्दै तालाबन्दी गरेको उनीहरुको भनाई छ ।
किसानले गुणस्तरीय बीउको माग गर्दा उल्टै व्यक्तिगत आरोप प्रत्यारोप र चरित्रहत्या गर्न खोजेको भन्दै जनतालाई गुणस्तरहीन बिउ दिन नहुने बताए । उनीहरुले बिगतमा पनि किसानले पाउने बिउबीजनको गुणस्तरीयतामा ध्यान नदिदा उत्पादनमा समस्या भएको नवदर्गा कृषक समुहका अध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभयो ।  पटक पटक छलफल गराएर किसानको समस्या बुझ्न आग्रह गरेपनि खासै चासो नदिएको बरु गुणस्तरीय बिउ रहेको दाबी गर्न नछाडेको समुहका सचिव बिष्णु पाण्डेको भनाई छ ।
यता वडाध्यक्ष राजेन्द्र भुसालले प्रेश बिज्ञप्ती नै जारी गर्दै मकै गुणस्तर रहेको भन्दै किसानको नामै किटान गरी खेद व्यक्त गर्नुभएको छ । बुलन्दसँगको कुराकानीमा भने वडाध्यक्ष भुसालले मकैमा गुणस्तरीयता कमि भएमा नगरपालिकासंग समन्वय गर्ने बताएको भएपनि किसानले भिडभाड र होहल्ला गरेको आरोप लगाउनुभयो । तर किसानहरुले तत्काललै आफ्ना समस्यामा गम्भिर हुनुपर्ने भन्दै अपभोक्ताको नामै किटान गरेर व्यक्तिगत चरित्र हत्या गरेको भन्दै आपत्ती समेत जनाएका छन । समुहको पूर्ण बैठकनै बसेर बिउको गुणस्तर नभएको निर्णय भएको पनि समुहका उपाध्यक्ष पूर्णबहादुर अधिकारीले बताउनुभयो । सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भुसालले उक्त वडामा देउती जातको मकैको बिउमा गुनासो आएको भन्दै उक्त बिउ साट्ने बारेमा पहल भइरहेको बताउनुभयो । कोटेशनको माध्यमबाट सन्धिखर्क नगरपालिका भर मकैको बिउ बितरण गर्ने जिम्मा भने सुपादेउराली एग्रीकल्चर एण्ड रिसर्च प्रा.लि सन्धिखर्कले पाएको थियो । 
वार्ड अध्यक्ष राजेन्द्र भुसालले निकालेको बिज्ञप्ति:

समाचार – तस्बिर: बसन्त श्रेष्ठ 

अन्य समाचारहरु