सन्धिखर्ककाे चाउमिन तथा बेकरिज उद्योगबाट १ लाख ६५ हजार र २ ताेला सुन चाेरी, २ जना प्रकाउ (फोटो भिडियो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित शान्ती बगैँचामा रहेको एक चाउमिन तथा बेकरिज उद्योगबाट लकडाउनको  मौका छोपेर चोरी भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं १ शान्ती बगैँचामा रहेकाे नेत्र गाहाकाे चाउमिन तथा बेकरिज उद्योगबाट १ लाख ६५ हजार नगद र २ ताेला बराबरकाे सुन चाेरी भएको हो ।
स्थानीयबासी छिमेकी प्रेम श्रेष्ठले बिहान‌ गाहा बस्ने ढाेका खुल्लै देखे पछि प्रहरीलाई जानकारी दिए पछि स्थानीय युवाहरू प्रेम प्रसाद जैसी, प्रमाेद बन्जाडे लगायतका युवाहरूकाे सकृयतामा भाग्दै गर्दा फुदवाङ्गबाट चाेरी गर्ने ब्यक्ति फेला परेका छन् ।
रूपन्देही तिलाेत्तमा नगरपालिका -६ बस्ने बर्ष ४७ काे बिजय पाण्डेले गए राती रू .१ लाख ६५ हजार नगद र २ ताेला बराबरकाे सुन चाेरेर भागेका थिए । आफुले चाेरेकाे सामाग्री स्थानीयवासी सामु प्रहरीलाई बझाएपछि चाेरकाे प्रमाणित भएकाे हाे ।
उनीसँगै पाउराेटी उद्योगमा लगाई दिन्छु भनेर ल्याएका बिजयका साथी नारायणगढ निवासी बर्ष ३५ का प्रेम थापा पनि समातिएका छन् । उनिहरू रातिसँगगै सुतेका र बिजयले साथीलाई पनि खवर नगरी राति एक्लै आएर चाेरेकाे प्रहरी र स्थानियबासीलाई बिजयले बताएका छन् ।
पहिला नेत्र गाहा कै उद्योगमा पाउरोटी मिस्त्रीकाे रूपमा काम गर्ने बिजय पाण्डे हिजाे देखि गाहाकाे चियाे चासाे गरेकाे स्थानीय बासिले बताय पछि उनलाई खाेजी गर्दा फेला पारी प्रहरी सामु बुझाईएकाे हाे ।
प्रहरीले खान तलासी लिन लाग्दा निज बिजय पाण्डेले आफुले चाेरेकाे सावित भै चाेरेकाे सामाग्री रकम र गहना स्थानीयबासी सामु प्रहरीलाई बुझाएका हुन् ।
घटनामा संलग्न २ जनालाई प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा लगेका छन् ।
 

अन्य समाचारहरु