सन्धिखर्क नगरपालिका – ५ वाङ्लाका किसानले कुहिएको मकै बिउ बितरण गर्ने वार्ड कार्यालयमा ताला खोले

अर्घाखाँचीडट्कम संवाददाता
 वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ५ वाङ्लाले ४० किलो गुणस्तरहीन मकैकाे बीउ बितरण गरेकाे भन्दै नवदर्गा कृषक समुह तथा आम किसानले वार्ड कार्यालयमा लगाएको तालाबन्दी खुलेको छ ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल नै वाङ्लामा पुगेर नवदर्गा कृषक समुह तथा आम किसान र वडाअध्यक्ष राजेन्द्र भुसाल बीच त्रिपक्षिय बैठक बसी सहमती गराएर ताला खुलेको हो । ताला खुलाउन नगरपालिकाका प्रमुख कमल भुसालसँगै उपप्रमुख ठाकुर विक पनि वाङ्ला पुगेका थिए ।
नवदर्गा कृषक समुह तथा आम किसान र नगर, वार्ड प्रतिनिधिहरु बीच अबदेखि संवाद गरेर समस्याको समाधान गर्ने गरी सहमती पनि भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नं ५ को वडा कार्यलयमा गुणस्तरहीन मकैको बीउ बितरण गरेको भन्दै नवदर्गा कृषक समुह तथा वार्डका आम किसानले वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालयले किसानलाई गुणस्तरहीन मकैको बीउ बितरण गरेको र गुणस्तरीय बिउको व्यवस्था गर्न माग गर्दै वार्ड कार्यलयमा छलफलको आयोजना गरेको भएपनि वडाध्यक्षले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ती दिएको भन्दै तालाबन्दी गरेको उनीहरुको भनाई थियो ।
किसानले गुणस्तरीय बीउको माग गर्दा उल्टै व्यक्तिगत आरोप प्रत्यारोप र चरित्रहत्या गर्न खोजेको भन्दै जनतालाई गुणस्तरहीन बिउ दिन नहुने बताएका थिए । उनीहरुले बिगतमा पनि किसानले पाउने बिउबीजनको गुणस्तरीयतामा ध्यान नदिदा उत्पादनमा समस्या भएको नवदर्गा कृषक समुहका अध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभएको थियो ।  पटक पटक छलफल गराएर किसानको समस्या बुझ्न आग्रह गरेपनि खासै चासो नदिएको बरु गुणस्तरीय बिउ रहेको दाबी गर्न नछाडेको समुहका सचिव बिष्णु पाण्डेको भनाई थियो ।

वार्ड अध्यक्ष राजेन्द्र भुसालले निकालेको बिज्ञप्ति:

अन्य समाचारहरु