मधुसुधन पाण्डे
सन्धिखर्क, अर्घाखाँची । अहिले विश्वमा कोरोना भाईरस (कोभिड-१९)को महामारी फैलिरहेको छ।कोराेना भाईरसको कारण अहिले विश्वका विभिन्न मुलुकमा गरि दुई लाखभन्दा बढीले ज्यान गुमाईसकेका छन भने उन्नातिस लाखभन्दा बढी सो रोगबाट संक्रमित भएका छन्। विश्वका करिव दुईसय दशभन्दा वढी देश र दुईवटा पानीजहाजमा कोरोना भाईरसले आफ्नो प्रभुत्व जमाईरहेको छ।
नेपालमा अहिलेसम्म कोरानाका कारण कुनै पनि मानिसलाई गुमाउनु परेको छैन भने यो रोगबाट पचास भन्दा बढी संक्रमित बनेका छन्।अहिले नेपालमा चारैतिर लकडाउनको अवस्था रहेको छ लकडाउनको अवस्था रहेकाले हरेक बिद्यालय बन्द रहेका छन् भने लाखौ बिद्यार्थी पढ्नबाट बञ्चित बनेका छन्।अहिले बिद्यार्थीलाई आफ्नो पढाइको मात्रै चिन्ता छैन घरायसी लगायत अन्य धेरै चिन्ताहरु पनि रहेका छन्।केही गाउँपालिका,नगरपालिका तथा स्थानीय तहहरुले रेडियो स्टेसन तथा टेलिभिजनबाट अध्यापन गराएका छन भने पछिल्लो समय विभिन्न बिद्यालय तथा क्याम्पसहरुले अनलाइन द्वारा बिद्यार्थीलाई अध्यापन गराउने निर्णय गरेका छन।
अनलाइन क्लास प्रभावकारी हुन सक्दैन: अभिभावक
अनलाइन क्लासको बारेमा अभिभावकहरुसग बुझ्दा अभिभावकले महङ्गो शुल्कमा आफ्ना छोराछोरीलाई पढाउन त धौ धौ भएको समयमा छोराछोरीलाई अनलाइनमार्फत आफुहरुले पढाउन नसक्ने बताएका छन।पहिलो कुरा त हामीसग ईन्टरनेटको सहज पहुच छैन त्यसैमा पनि स्मार्टफोनबिना अनलाइन पढाइ हुन सक्दैन विहानसाझ दुई छाक खान त धौ धौ भएको समयमा कहाँबाट रिचार्ज किनेर छोराछोरी पढाउनु एक अभिभावकले गुनासो गर्नुभयो।
तयारी मात्रै भएको हो: प्रध्यापक
अनलाइन क्लासको बारेमा विभिन्न प्रध्यापकहरुले तयारी मात्रै गरिएको तर सुरु नगरिएको बताएका छन।आफुहरुले प्रारम्भिक चरणमा अनलाइन मार्फत केही विषय अध्यापन गराउन मात्रै खोजेका हौ सुरुवात गरिएको छैन,सुरु गर्न न त पुर्वाधार छ न त प्रयाप्त दक्ष जनशक्ति छन् एक प्रध्यापकले बताउनुभयो।साथै प्रत्येक बिद्यार्थीसग ल्यापटप सगसगै वाईफाईको सहज पहुँच नहुदासम्म अनलाइन क्लास प्रभावकारी हुन नसक्ने एकजना प्रविधिको क्षेत्रमा काम गर्ने व्याक्तिले बताउनुभयो ।
फेसबुक चलाएको देखेर आ नेट छ नि त भन्ने हो भने अधिकांश फेसबुक मोबाइल डाटाबाट चलेका छन् ।बाहिर घर, आफन्त हुने धेरै विद्यार्थी काठमाडौं र अन्य सहरबाट गाउँ पुगेका छन् जहाँ मोबाइल नेटवर्क खोज्न पनि यसो डाँडोपाखो खोज्नुपर्ने अवस्था छ । त्यहाँ कक्षा नै चलाउने गरी अनलाइन एप कहाँबाट पुग्छ ? अझ त्योभन्दा ठूलो कुरा त ती सबैलाई चल्न चाहिने त बिद्युत हो । देशमा लोडसेडिङ हट्यो भनिए पनि उपयुक्त संसाधन र उपकरणको अभावका कारण आज पनि बत्ती कतिबेला कतिबेरसम्म जान्छ भन्ने टुङ्गो हुँदैन ।
अधिकांश विद्यार्थी नेटको राम्रो पहुँचबाट बाहिर छन् । यस्तोमा अनलाइन कक्षा भै नै हाले पनि कति प्रतिशत विद्यार्थी त्यसमा सहभागी हुन पाउँछन् र जो त्यसमा सहभागी हुन सक्दैनन् तिनीहरूमाथि विभेद हुन्छ कि हुँदैन ? सरकारसँग नियमसङ्गत तरिकाले अनुमति लिएर, कर तिरेर चलिरहेका विद्यालयका विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबिच त कतिपय पक्षबाट विभेद भयो भनिँदै आएको छ भने यो झन् ठूलो विभेद हो कि होइन होला प्रश्न उठ्ने सम्भावना प्रवल रहन्छ।जतिको पहुँचमा पुग्छ पुग्छ, अनलाइन कक्षा त चलाएर छोड्ने हो भन्ने निर्णय भयो भने त्यसबाट एकहात बिद्यार्थी बाहेक अरुले खासै सदुपयोग गर्न सक्दैनन्
कागजी पुस्तक पढाउनुभन्दा अनलाइन पढाउनु अलि फरक कुरा हो । यसका लागि छुट्टै प्रशिक्षणप्राप्त शिक्षकजनशक्तिको आवश्यकता पर्दछ । त्यो हाललाई तयार छैन । शिक्षकमात्र हैन विद्यार्थीसमेत त्यस प्रकारको अनलाइन कक्षाका लागि अलि फरक प्रकारले प्रशिक्षित हुनुपर्छ जुन हाललाई छैन । कसैलाई कमजोर आँक्न खोजेको हैन तर आज पनि फेसबुक या मोबाइलमा राम्रोसँग मेसेज लेखेर पोस्ट गर्ने त परै मोबाइलमा नाम सेभ गर्न पनि त्यति सहज महसुस गर्न नसक्ने वर्गको ठूलो सङ्ख्या रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । अनि कसले पढाउने र कसले पढ्ने त अनलाइन कक्षा र अनलाइन कक्षा थोरैमात्र जान्ने र पहुँच पुगेकाका लागि मात्र कि सबै विद्यार्थीका लागि भन्ने प्रश्न चिह्न खडा भएको छ।
कतिपय प्रध्यापकहरू अहिले नयाँ चलेको जुम नामको एपबाट कक्षा सन्चालन गर्न सकिन्छ भन्दैछन् । विद्यालय तहको कक्षा कुनै साहित्यिक कार्यक्रम वा मिटिङ हैन जहाँ जतिले सुने सुने, जतिले बुझे बुझे केही हुदैन भन्ने पढाइ त गुणस्तरीय हुनुपर्छ होला नि होइन र?