सन्तोष कुमार के.सी
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले दोस्रो चरणको राहत वितरण शुरू गरेको छ।
भूगर्भ सिमेन्ट प्रालीले सन्धिखर्क नगरपालिकाको विपद व्यवस्थापन कोषलाई प्रदान गरेको ३ लाख नगद र ३ लाख बरावरको जिन्सी सामाग्री प्रदान गरेको थियो। सो मध्ये ३ लाख वरावरको जिन्सी सामाग्री सन्धिखर्क नगरपालिका वार्ड न.७ का गरिव, विपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुर लाई वितरण गर्न लागिएको हो।
भूगर्भ सिमेन्ट प्रालीले सिमेन्ट उत्पादनको लागी चाहिने कच्चा पदार्थ चुन ढुङ्गा सो वार्डबाट उत्खनन गर्दै आईरहेको छ।
भूगर्भ सीमेन्टले राहतको रूपमा ४४५० किलो चामल, ४१५ किलो दाल, ४१५ लिटर तेल र २८० किलो नुन सन्धिखर्क नगरपालिका मार्फत उलब्ध गराएकोमा आजवाट पुराना १२९ र नयाँ १२१ घरधुरी थप गरी जम्मा २५० अति विपन्न परिवारलाई राहत वितरण गर्न लागेको सन्धिखर्क वार्ड न ७ का वार्ड अध्यक्ष प्रितम बहादुर थापाले जानकारी दिनुभयो।