छत्रदेव गाउँपालिकाले लकडाउनको अवज्ञा गर्‍यो, छत्रगंजमा ५० जना बढी मानिसहरु भेला परिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लकडाउन अवधी घरभित्र बस्नुपर्नेमा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले भने वार्ड नम्बर ५ छत्रगंजमा ५० जना भन्दा बढी मानिसहरु भेला गराएर सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न गराएको छ ।
लकडाउनका घरभित्र बस्नुपर्नेमा छत्रदेव गाउँपालिकाले भने वार्ड नम्बर ५ छत्रगंजमा ५५, ६० जना मानिसहरु भेला गराएर झुल्के पोखरी मन्दिर गेट तथा वाल निर्माणको सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न गराएको हो । 
भेलामा उपस्थित कसैले पनि माक्स लगाएका थिएनन् । आर्थिक वर्ष २०७६ – ७७ मा विनियोजन भएका योजनाहरुको छत्रदेव गाउँपालिकाले मानिसहरु भेला गराएर सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   
भेलामा गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल वार्ड नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । 
लकडाउनका बेला गाउँपालिकाका प्रतिनिधि होस् कि कर्मचारी कार्यालय वा घरमा बसेर काम गर्नुपर्ने हुन्छ । तर यो पालिकामा सबै क्षेत्रमा बेतिथी, अनमियता छ ।  यस  गाउँपालिकाका सबै प्रतिनिधि र कर्मचारीहरुले आफुलाई राजा मान्छन्; भन्छन् छत्रगंजका बिनोद घिमिरे । 
 छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंज

अन्य समाचारहरु