सामाजिक दुरी कायम गरि छत्रदेवमा सार्बजनिक परिक्षण सम्पन्न

दिपेन्द्र श्रेष्ठ 
छत्रदेव, अर्घाखाँची बैशाख १७ बुधबार ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको ऐतिहासिक धार्मिक स्थल झुल्के पोखरी मन्दिरको नवनिर्मित गेटको सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कोरोना भाइरस (कोभिड १९)का कारण देशैभर लगडाउन चलिरहेको समयका बाबजुदपनि छत्रदेव गाउपालिकाले झुल्के पोखरीमा रहेको मन्दिरको गेट तथा वालको सार्बर्जानिक परिक्षण बुधबार छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठको प्रमुख आतिथ्यता र पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको बिशेष आतिथ्यतामा एक मिटरको सामाजिक दुरि कायम गरि सम्पन्न गरेको हो।
परापूर्वकालदेखि नै ऐतिहासिक पर्यटकीय स्थल र जिल्लाकै महत्वपूर्ण धार्मिक स्थलका रुपमा चिनिने झुल्के पोखरी मन्दिर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजमा आर्थिक बर्ष २०७६/७७ मा बिनियोजन भयको बजेट र योजना अनुरुप संम्पन्न भएको गेट र वालको सार्बजनिक परिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै ऐतिहासिक पर्यटकीय स्थल र निकै धार्मिक महत्व बोकेको धार्मिक स्थलका रुपमा चिनिने यस्ता सबै स्थानहरुको बिकाश र प्रवर्द्धनका लागि पालिकाको तर्फबाट थप् पहल सुरु गरिने छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले सामाजिक सुशासन,जवाफदेहिताको लागि अनि अनियमिता हुन नदिनका लागि सबै सामाजिक बिकाश निर्माणका काममा सम्बन्धित निकायले सार्बजनिक परिक्षण र सार्बजनिक सुनुवाई जस्ता कार्यक्रम अपरिहार्य रहने कुरामा जोड दिनु भयो  ।
निकै कलात्मक शैलीमा निर्माण भएको उक्त गेट र वाल छत्रदेव गाउपालिका बाट अनुदान रकम चार लाख पन्चासी हजार रुपिया र र चौवन्न हजार तिन सय बयानब्बे रुपिया छब्बीस पैसा बराबरको जनाश्रमदान गरि पाच लाख  उनान्चालीस हजार तिन सय बयानब्बे रुपैया छब्बीस पैसा योजनाको कुल लागत रकममा २०७६ माघ १४ गते उपभोक्ता समितिका अधक्ष्य राम बहादुर थापा रहने गरि पालिकामा सम्झौता भइ चैत ससान्त अगाडी नै सम्पन्न भएको र कुल लाभाम्वित जनासंख्या १३५२ रहने पालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा छत्रदेव गाँउ पालिका का उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ ,प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल,पालिकाका प्रबक्ता बालकृष्ण श्रेष्ठ ,वडाका जनप्रतिनिधिहरू, उपभोक्ता समिति, स्थानीयहरु ,पालिकाका प्राबिधिक टोलिहरुको उपस्थिति रहेको थियो ।
जिल्लामै पहिलो खरको छानामुक्त र काठको पोल मुक्त बनेको छत्रदेव गाउँपालिकाले दलित घर उज्यालो कार्यक्रम ,सामाजिक सुरक्षा भत्ता सहितको निशुल्क स्वास्थ्य परिक्षण ,एकीकृत घुम्ती शिविर जस्ता सेवा दिदै बिभिन्न नौला काम गरि आफ्ना नागरिकहरुलाई सिंहदरबारको सेवा गाउ गाउमा आएको अनुभूति गराउन सफल देशकै नमुना गाउपालिकाको रुपमा चर्तित छत्रदेव गाउँपालिकालाइ बिकाश निर्माणमा पनि जिल्लाकै अब्बल गाउपालिकाको रुपमा चिनिन्छ ।

अन्य समाचारहरु