प्रेम नारायण आचार्य
रोकाटोला, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ३ छापडाँडा, रोकाटोलाकाका अति विपन्न ५१ घर परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
सन्धिखर्क १ हटारी निवासी समाजसेवी हरि आचार्यले प्रदान गरेको खाद्य सामाग्री वडा कार्यलय र सन्धिखर्क नगरपालिका संग समन्वय गरेर वडा भित्रका अतिविपन्न ५१ घर परिवारमा राहात वितरण गरेको वडा अध्यक्ष लिलाराम गौतमले बताउनु भयो ।
वडा कार्य समितिले सर्भेक्षण गरेको अतिविपन्न परिवार जसको घरमा लकडाउनका कारण दुई छाक खाने खाद्यान्न छैन् । त्यस्तो परिवारमा प्रति परिवार १५ केजी चामल, एक केजी दाल, एक लिटर तेल , एक केजी नुन र साबुन एक वटाका दरले ५१ घरपरिवारमा राहात बितरणका लागि खाद्यान्न सामाग्री प्रदान गरेको हरी आचार्यले बताउनु भयो ।
राहात सामाग्री नगर प्रमुख कमल प्रसाद भुसाल र वडा अध्यक्ष लिलाराम गौतमलाई प्रदान गरेपछि वडा कार्यलयबाट सामाजिक दुरी कायम गरी राहात बितरण गरिएको हो ।