शितगंगा नगरपालिकाका अधिकांस बिद्यालयको नतिजा प्रकाशन

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  शितगंगा नगरपालिकाका अधिकांस आधारभुत बिद्यालयको नतिजा प्रकासन भएको छ । 
कोराना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएको नतिजा प्रकासन कोरोना सक्रमणको ख्याल गर्दै भेला नगरि बिद्यालयले नतिजा प्रकासन गरेका हुन । 
बिद्यालयहरुले बिद्याथी भेला तथा अभिभावक भेला नगरि रिजल्ट प्रकासन गरेका छन बिद्यालयमा अब बिद्यार्थी भर्ना कार्यक्रम समेतसुचारु ग्रिने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै हितगंगा नगरपालिका ६ मा रहेको शिद्धार्थ आधारभुत बिद्यालयले नतिजा प्रकासन सँगै भर्ना अभियान सञ्चालन गरेको छ ।
 लकडाउनलाइ मध्यनजर गर्दै भिड नहुने गरि भर्ना सञ्चालन गर्ने तथा एकल एकल रुपमा बिद्यार्थीको घरमा गुगि भर्ना अभियान सञ्चालन गर्ने प्रध्यानध्यापक जिवन सर्माले जानकारी दिनु भयो यस्तै भर्ना हुने बिद्यार्थीहरुका लागि किताब तथा कापी कलमको समेत ब्यवस्था गर्ने प्रअ सर्माले जानकारी लिनु भयो । 
शितगंगा नगरपालिकाका सम्पुर्ण बिद्यालयले भर्ना अभियान यो बर्ष परक रुपमा गर्ने ज्योती माबिका प्रध्यानध्यापक शंकर अर्यालले जानकारी दिनु भयो । गत बर्षहरुमा अबिभावक तथा बिद्याथी उपस्थित हुनु पर्ने भए पनि यो बर्ष कोरोना भाएरस सक्रमणको डरले लकडाउन रहेकोले अन्य बिद्यालयबाट आउने बाहेक सबै बिद्यार्थीको स्वत भर्ना गरिने छ । 

अन्य समाचारहरु