रोल्पामा भएको बम विस्फाेटमा चारजना बालबालिकाको मृत्यु भएको छ । बिहीबार साँझ जिल्लाको त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँमा भएको विस्फाेटमा चारजनाको मृत्यु भएको प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी रवीन्द्रसिंह धानुकले बताए ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया विमला डाँगी, पाँच वर्षीय विजय खत्री र वडा नम्बर ४ का १३ वर्षीय गौरव नेपाली छन् ।
‘खेलौना ठानेर खेल्दा विस्फाेटक पदार्थ भएको भन्ने छ,’ डिआइजी धानुकले भने, ‘इन्स्पेक्टरको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।’ नयाँ पत्रिकामा समाचार छ ।