सुर्य भुसाल
छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका स्थायी ठेगाना भई गुल्मी तम्घासमा ब्यबसाय गर्ने छत्रदेवका दुई दाजुभाईले कोरोना रोकथामका लागि छत्रदेव गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ हटियाका फर्शुराम पाण्डे र ढुण्डीराज पाण्डेले आफ्ना स्वर्गीय बाबुको एकातिस्ट को पुण्यतिथिको अवसर पारि गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल सहितका जनप्रतिनिधिहरुको उपस्थितिमा महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
बिगत लामो समयदेखि गुल्मीको सदरमुकाम तम्घासमा आकाश मेडिकल्स फर्मा संचालन गर्दै आउनुभएका फर्शुराम पाण्डे र काठामाडौंमा होटल ब्याबसाय गर्ने उहाका भाई ढुण्डीराज पाण्डेले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको अधिकृत भुसालले बताउनु भयो ।
उहाहरुले १२ सय थान मास्क, १ हजार थान ग्लब्स, सेनीटाइजर पाँच सय एम.एलको ६ बोत्तल लगायतका स्वास्थ्य सामाग्री पालिकालाई हस्तान्तरण गरेपछि गाउपालिकाको तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने दुई दाजु भाईलाई गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल सहितका जनप्रतिनिधिहरु कार्यालयको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत खिमान्द भुसालले धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा थप सहयोगको अपेक्षा गरिएको बतनउनु भएको थियोे ।
यस्तै आजै छत्रदेव गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीले पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुसल भुसाल उपसभापति कैलास श्रेष्ठ सहितका पदाधिकारीहरुले गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेललाई उपाध्यक्ष तुल्सा देवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसालको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियोे ।
रेडक्रसका सभापति सहितका पदाधिकारी तथा कर्मचारीलाई गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बिपदका बेला गाउँपालिका सित हातेमालो गरेकोमा धन्यवाद दिनु भएको थियोे ।
गाउँपालिका नेपालकै नमुला अब्बल सुसासन पार्दर्सिता कायम गर्ने गाउँपालिकाको रुपमा परिचित छ । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसाल सहितका कर्मचारीहरु बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म निरन्तर कार्यालयको काममा ब्यस्त हुने गरेको स्थानीय सेवाग्राही बताउछन ।