खाँचीकोटको किटेनी शान्तिनेटामा हातधुने तरिका सिकाउदै साबुन बितरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनी शान्तिनेटामा सरसफाइको महत्त्व बुझाउदै र हातधुने तरिका सिकाउदै साबुन बितरण गरिएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनी शान्तिनेटामा सरसफाइको महत्त्व बुझाउदै र हातधुने तरिका सिकाउदै २ वटाका दरले १५ घरधुरीलाई साबुन बितरण गरिएको हो ।
स्थानीय धुर्बराज आचार्यको पहल र युवा सहदेव आचार्यको ब्यक्तिगत खर्चबाट साबुन बितरण गरिएको थियो । यहाँका गाउँघरमा अझैसम्मपनि सरसफाइ प्रती त्यति ध्यान दिएको पाइदैन् ।  

अन्य समाचारहरु