भूमिकास्थान नगरपालिकामा धनी परिवारले पनि राहत लिएको भन्दै वितरणमा कडाई गरिने, रेडक्रसबाट स्वास्थ्य सामाग्री सहयोग

अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । भूमिकास्थान नगरपालिका अर्घाखाँचीले नोवेल कोरोनाको महामारीका कारण निजी तथा असंगठित क्षेत्रमा काम गरी दैनिक जीविकोपार्जन गर्ने नगरपालिकाबासी अति बिपन्न नागरिकहरूलाई राहत वितरण गर्ने निर्णय अनुरूप संकलन गरेको तथ्यांक नगरपालिकाको सोंच विपरीत भएको निष्कर्ष निकालेको छ ।
२०७७, २३ बैशाखको दिन आयोजित सर्वदलीय बैठकमा भएको घनीभूत छलफल पछी नगरपालिकामा एस्तो निष्कर्ष निस्केको हो ।
नगरपालिककाबाट हालसम्म सम्पादन भएका सबै कार्यहरु निकै प्रशंसनीय भैरहेकोमा राहत बितरणको लागि चालिएको यो कदम गलत भएको बैठकमा सहभागी राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको भनाई छ ।
अति बिपन्न र अशक्तहरु जसले केही गर्न सक्दैनन तेस्तालाई मात्रै राहतको आवश्यकता रहेको र अरुलाई नगरपालिका भित्र हुने बिकास निर्माणका काममा लगायी रोज़गारी श्रीजना गरेर अघी बढ़नु पर्ने बैठकमा सहभागी नेताहरूको भनाई छ ।
नगरपालिकाबाट दैनिक जीविकोपार्जन गर्न कठिनाई भएका नगरपालिका बासी अति बिपन्न नागरिक हरूलाई राहत वितरण गर्ने संदर्भ चलीरहदा तथ्यांक संकलनको समयमा सम्भ्रांत (धनी) परिवारका व्यक्ति हरूले पनि राहत प्राप्त गर्ने लावग्राहीहरुको लिस्टमा आफुलाई समावेश गर्न खोजेपछी नगरपालिकाले हालसम्म गरेका उत्कृष्ट कार्यहरु समेत यही राहत वितरण कार्यक्रमले छाँयामा पार्ने र नगरपालिकाको छबी अत्यन्तै नराम्रो हुने साथै भूमिकास्थान नगरपालिकाले हालसम्म आफ्नो क्षेत्र भित्र विकास निर्माणको कार्य गर्दा निकै पारदर्शी ढंगबाट गर्दै आएको र आउदा दिनहरुमा पनि अझ राम्रो गर्नेगरी अघी बड़्ने लक्ष्य लियेकोमा यो खालको तथ्यांकले चिंता पूर्याएको नगर प्रमुख रेशम थापाको भनाई छ ।
वास्तविक समस्यामा परेकाहरुलाई राहत वितरण गर्ने सोंचका साथ फ़र्म भरेर अघी बढ़ने गरी यो प्रक्रिया अघी बड़ाईएकोमा आफूले सोंचे भंदा उल्टो तथ्यांक प्राप्त भई समस्यामा पारेको नगर उपप्रमुख खड़ानन्द बेल्बासेको भनाई छ ।
लकडाउनको शुरू चरणमै अरु पालिकाहरुले धमाधम राहत वितरण गर्न थालेपछी हामिले पनी तथ्यांक संकलन गरेउँ पहिलो चरणको तथ्यांक आउदा १० वटा वार्डको जम्मा २०५ घरधुरीको नामावली मात्र राहत प्राप्त गर्ने लाभग्राहीको सूची प्राप्त भएको र पछी मन्त्रालयबाट प्राप्त निर्देशन बमोजिम राहत वितरण कार्यबिधि तयार गरी फोटो सहित फ़र्म भर्न लगाई यो तथ्यांक अझै परिमार्जन गर्न लगाउने उद्देश्यका साथ प्रक्रिया अघी बढ़ाएकोमा यो अनियंत्रित प्रकारको डेटा आऊनुले राहत वितरण लाई समस्यामा पारेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीको भनाई छ ।
बैठकमा राजनीतिक दलको तर्फबाट नेकपाका नगर अध्यक्ष राजेन्द्र आचार्य र कार्यालय सचिब झुपलाल खनाल, नेपाली कांग्रेस नगर सभापति अशोक श्रेस्ठ र पार्टी नेता प्रेमनारायण बेल्बासे, राष्ट्रीय जनमोर्चा जिल्ला पार्टी नेता तथा जनप्रतिनिधि झबिलाल थापा र नगर अध्यक्ष टेकबहादुर थापा, साझापार्टी जिल्ला अध्यक्ष हरि प्रसाद भुसालको उपस्थिति रहेको थियो भने नगरपालिकाका बिभिन्न कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
रेडक्रसबाट स्वास्थ्य सामाग्री सहयोग
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखाबाट जिल्ला उप सभापति राधा नेपाली नगरपालिकामा उपस्थित भई १ थान थर्मल गन र २०० थान सर्जिकल मास्क नगर प्रमुख रेशम थापा लाई हस्तान्तरण गर्दै आफू भूमिकास्थान नगरबासी भएको नाताले भूमिकास्थान नगरपालिकाले गरेको प्रगति प्रति गर्व महसूस भएको र नगरपालिकाले चाहेको खण्डमा आफूले गर्न सक्ने अन्य सहयोग समेत गर्ने बचनबद्दत्ता समेत व्यक्त गर्नु भयो ।
कोरोनाको माहामारी फैलिई रहेको एस बिसम परिस्थितिमा १ थान थर्मल गन र २०० थान सर्जिकल मास्कले पनि धेरै ठुलो सहयोग हुने भन्दई नगर प्रमुख रेशम थापाले नेपाल रेडक्रस सोसाईटी अर्घाखाँची शाखालाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो ।