नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १०१ पुग्यो, २२ जना निको भएर डिस्चार्ज

कपिलवस्तुका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ एक सय एक पुगेको छ ।
आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
उनीहरु कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।