केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु

अफ्रिकी मुलुक केन्यामा भारी बर्षापछि आएको बाढीले दुई सय भन्दा बढीको मृत्यु भएको छ ।
सयौं घरबारबिहीन बनेका छन् । घर घरमा बाढी पसेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।
बाढीले ८ हजार एकड खेतमा लगाई्रएको धान बाली नष्ट गरेको छ । बाढीको प्रभाव छिमेकी मुलुक युगान्डामा समेत परेको छ ।
बाढीले लेक र तलाउको पानीले केही बस्ती नै सखाफ पारेको छ ।
यसैबीच केन्या सरकारले बाढी प्रभावितहरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरेको बताए पनि उनीहरु भने ठाउँ ठाउँमा पाल टाँगेर बस्न बाध्य छन् ।
केन्यामा गत बर्ष आएको बाढीमा परी सयौंको मृत्यु भएको थियो । भारी बर्षा अझै केही दिनसम्म रहने केन्याको मौसमबिदहरुले बताएका छन् । (एजेन्सी)