काठमाडौं । नेपालमा पछिल्लो पटक दुई जना पुरुषमा कोरोना संक्रमण पूष्टि भएसँगै संक्रमितको संख्या १०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तु– ८ घर भएका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको पूष्टि भएको हो ।
उनीहरुको स्वाब राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएकाो पूष्टि भएको हो ।उनीहरुको हाल स्वास्थ्य अवस्थामा सामान्य रहेको छ ।
मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार बिहीवारसम्म १४ हजार ५११ जनाको पीसीआर परीक्षण गरिएको छ भने जनाको ५४ हजार ९३ जनाको आरडटी परीक्षण गरिएको छ । त्यसैगरी हालसम्म १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् भने १३३ जना आईसोलेशनमा रहेका छन् ।
त्यस्तै २२ जना निको भएर घर फर्किएका छन् ।